खुल्ला क्रिकेट प्रतियोगिता शुरु



संजय कुशवाहा / नवलपरासी जेठ २३ पश्चिम नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ जन जागृति माध्यमिक विध्यालय गुठी परसौनीको प्राङ्गणमा  खुल्ला क्रिकेट प्रतियोगिता आज बाट शुरु भएको छ ।

 

प्रतापपुर गाऊपालिका वडा नं ६ को आयोजना तथा माउन्ट एभरेष्ट क्रिकेट युवा समिति को समन्यवय प्रतियोगितामा करिब ३० वटा टिम सहभागी भएको थियो ।  प्रतियोगिताको  उदघाटन नेपाली काग्रेसका पुर्व सांसद देवकरण प्रसाद कलवार ( सन्तु )ले गर्नु भएको थियो। खेलको उदघाटन क्रममा बोल्दै प्रमुख अथिति कलवारले यस क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रहन बिचार राखनु भयो । 

साथै युवाहरूको लागि शारीरिक ,मांसपेशी    विकाशका लागी यस किसिमको खेल  आवश्यक रहेको बताए । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्याय ,वडा नं ८ का वडाध्यक्ष कादिर अली अन्सारी, शसस्त्र प्रहरी आउट पोष्ट गुठी परसौनीका नायब निरिक्षक पृथ्वी बहादुर शाहि, आयुर्वेद औषधालय गुठी परसौनीका प्रमुख दिनबन्धु मिश्रा, राजेश पाण्डे , कन्हैया कुमार हरिजन, दिलिप गुप्ता, कृष्णा जायसवाल लगायतहरुको उपस्थिति रहेको थियो ।

 

 आयोजकले दिएको जानकारी अनुसार यस  क्रिकेट प्रतियोगितामा  प्रथम हुने टिमलाई २५ हजार नगद सिल्ड, मेडल र प्रमाण पत्र त्यस्तै दितिय हुने टिमलाई १५ हजार नगद सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने बताईएको छ ।


२०७६-जेठ-२३ गते प्रकाशित

लोकप्रिय

के महराको हत्या प्रयासमा प्रहरी प्रशासन मिलेकै हो त ? यस्तो छ सत्य तथ्य । घटनाको भिडिओ हेर्नुहोस

काठमाडौँ - काठमाडौँ मलको चौथो तल्लामा रहेको फेसियल हाउसमा बैशाख ३ गते राती ८ बजे तिर पसल बन्द गरेर घर जाने क्रममा सुस्मा महरा र उनको परिवार माथि भएको घटना अझै रहस्यमय नै छ । आफु एक फेसियल

सरावलकाे धनगडवामा किशोरी झुन्डिएको अवस्थामा फेला

सरावलकाे धनगडवामा किशोरी झुन्डिएको अवस्थामा फेला नवलपरासी सम्बाददाता /२८ बैशाख  नवलपरासीको सरावल गाउँपालिका ५ धनगडवामा अाज बिहान एक किशोरी झुन्डिएको अवस्थामा फेला परेकि छिन। धनगडवा

एन आर एन अमेरिका को महासचिव मा गोपेन्द्र को चर्चा चुलियो !!!

केशव रेग्मी मिकिनी टेक्सास  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको २०१९ को निर्वाचनमा वर्तमान बोर्ड सदस्य गोपेन्द्र भट्टराईले महासचिव पदका लागि उम्मेदवारी दर्ता गरे

विशेष अपडेट


भिडियो