३ महिने सिपमुलक सिलाई कटाई तालिम सम्पन्न



संजय कुशवाहा / नवलपरासी जेठ २४ पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ गुठी परसौनीमा वडा स्तरिय महिलाहरूको लागि ३ महिने सिपमुलक सिलाई कटाई  तालिम शुक्रबार   सम्पन्न  भएको छ ।

श्री जन जागृति अपांग संस्था ( सि.बी.आर नेटवर्क ) आयोजना तथा प्रतापपुर गाउपालिका वडा न. ६ वडा कार्यालय  नवलपरासीको सहयोग  उक्त तालिम सम्पन्न  भएको हो । कार्यक्रममा बच्चा रायको  अध्यक्षता तथा प्रतापपुर गाउपालिका वडा नं ६ का वडाध्यक्ष रामहरि उपध्यायको प्रमुख अथित्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उध्यायले तालिमबाट सीप सिखेर महिलाहरू आयआर्जन गर्दै आत्मनिर्भर बन्ने बताए । साथै यस क्षेत्रमा यस्तै बिभिन्न किसिमको तालिमको आवश्यकता देखिएको हुदा आफू सक्दो सहयोग गर्ने धारणा ब्यक्त गर्नु भयो । वडा भित्र रहेका बेरोजगार नागरिकहरूलाई व्यवस्थापन गर्न पनि सिपमुलक तालिम संचालन गरिएको उनले बताए ।


कार्यक्रममा वडा सचिव राम बहादुर क्षेत्री , वडा सदस्य नगीना लाल राजभर , राजु गुप्ता , सहबान अन्सारी लगाएको उपस्थिती थियो   ।

तालिममा वडाका २२ जना महिलाकाे सहभागिता रहेको थियाे ।


२०७६-जेठ-२४ गते प्रकाशित

लोकप्रिय

सांसद कण्डेलकाे पहलमा १७५० बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

सांसद कण्डेलकाे पहलमा १७५० बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण उमेश बि.क / नवलपरासी , ३१ भदौ  पश्चिमी नवलपरासीको विभिन्न सामुदायिक बिद्यालयमा प्रतिनिधि सभा सदस्य तथा

प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँ

कपिलवस्तु, असोज ,२ प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति  सामाजिक विकास मंत्री सुदर्शन बराल को अध्यक्षता मा रहने गरि मदरसा शिक्षाका क्षेत्रमा निकै संघर्षशील व्यक्ति का रूपमा चिनिएका

कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

राहुल मोदनवाल, कृष्णनगर, कपिलवस्तु भाद्र ३०   कृष्णनगर नगरपालिका एक कार्यक्रमका  बिच खुला दिशा मुक्त क्षेेत्र घोषणा गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहकाे अध्यक्षता पुर्व कृषि

विशेष अपडेट


भिडियो