नवलपुरको जनता माविमा योग शिविर सुरु



नवलपुरको जनता माविमा योग शिविर सुरु 
सदिक्षा गैरे
कावासोती २६ जेठ २०७६ 
नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ६ मा रहेको जनता माध्यमिक बिद्यालय बिष्णुनगरमा आईतबार देखि बिद्यार्थीका लागि योग बिज्ञान शिविर शुरु भएको छ । 
बिद्यालयमा गठित उत्प्रेरणा समितिको पहलमा आयोजित योग शिविरमा बिद्यार्थी , अभिभावक , स्थानीय व्यक्तीहरुको उत्साहजनक सहभागिता रहेको छ । जेठ ३२ गते सम्म चल्ने शिविरको आईतबार कावासोती नगर शिक्षा अधिकारी राजन पाण्डेले उद्घाटन गर्नुभयो । शिविरको उद्घाटन गर्दे पाण्डेले स्वस्थ रहनका लागि योग अनिवार्य आबश्यकता भएको बताउनुभयो । उहाले योगको माध्ययमद्धारा आत्म र शरिर दुबै स्वस्थ राख्न सकिने हुदा बिद्यालयले आयोजना गरेको योग शिविर कार्यक्रम प्रशंशनिय भएको बताउनुभयो । बिद्यालयस्तरको पाठ्यक्रममा समेत योग सम्बन्धी बिषय बस्तु समावेश गर्न सके यो निकै उपयोगी हुने उहाको भनाई थियो । 
कार्यक्रममा योग गुरु तथा पतञ्जली योग समिति गण्डकी प्रदेश समितिका महामन्त्री गणेश आचार्यले योगको महत्ववारे प्रकाश पार्नुभएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्र प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न योग शिविरमा  बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष वालकृष्ण शर्मा भुषाल , शिक्षक एवं योग प्रशिक्षक पुरुषोत्तम भुर्तेल , पतञ्जली योग समितिका कावासोती नगर समितिका संयोजक लक्ष्मी प्रसाद पंगेनी , बिद्यालयका शिक्षकहरु रुद्र सापकोटा , अमृत आचार्य , लक्ष्मण न्यौपाने लगायतको सहभागिता रहेको थियो । शिविरको पहिलो दिन एक सय जनाको सहभागिता थियो । पतन्जली योग समितिका मार्गदर्शक एवं प्रशिक्षक बिद्यलायका शिक्षक नवराज सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई बिद्यालयका सहायक प्रधानाध्यापक होमनाथ भुषालले स्वागत गर्नुभएको थियो ।


२०७६-जेठ-२६ गते प्रकाशित

लोकप्रिय

नवलपरासीको पिडुरा नदिमा नुहाउदै गरेको युवा वेपत्ता

नवलपरासीको पिडुरा नदिमा नुहाउदै गरेको युवा वेपत्ता उमेश बि.क /नवलपरासी ,१५ भदौ  नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हातिबनकाे पिडुरा नदिमा अाइतबार साझ साढे ५ बजेतिर नुहाउदै गरेको

हार्दिक श्रद्धांजलि

कपिलवस्तु को कृष्णानगर नगरपालिका वडा नं  ६ कर्मा बस्ने पूर्व मंत्री ईश्वर दयाल मिश्र को धर्मपत्नी सुकुन्तला मिश्र को उपचार को क्रममा भारत को लखनऊ मा असमायिक निधन भएकोले उहाँ को आत्मा ले

"म दमाई हु भनेर गर्व गर्दिन ।"

"म दमाई हु भनेर गर्व गर्दिन ।"                  - अाशिष परियार - झिल्के, म्याग्दी । अाज जेठ २१ देशभर राज्य र समाजबाट अपहेलित समुदाय विभिन्न सचेतनाकाे कार्यक्रम राखेर अाफ्ना हक