बुलिगंटार गाउँपालिकामा एक महिला माथि जर्बजस्ती



बुलिगंटार गाउँपालिकामा एक महिला माथि जर्बजस्ती

 

बुलिगंटार/ नवलपरासी जेठ २६ गते। पुर्बी नवलपरासीको पहाडी बिकट बुलिगंटार गाउँपालिकामा एक महिला माथि जर्बजस्त ी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुलिगंटार गाउँपालिका वडा नं ६ भारतीपुरमा एक ३० बर्षीय दलित महिला माथि जर्बजस्ती गर्ने सोही गाउँपालिका वडा नं ६ भारतीपुर बस्ने ३६ बर्षीय लालबहादुर राना मगरलाई प्रहरी चौकी बुलिगंटारको टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय नवलपुरमा बुझाएको प्रहरीले जनाएको छ ।

धेरै पटक हरेक बिध्वशं कार्यमा सल्गंन रही पटक पटक प्रहरी हिरासतमा परेका लालबहादुर राना मगरले निज महिलालाई पटक पटक धम्कयाएर जर्बजस्त ीगर्ने गरेको र असह्य भए पछि प्रहरीमा पुग्नु परेको पीडित महिलाले बताउनुभयो । पीडित महिलाका अनुसार बाहिर कसैलाई भने मार्ने जस्ता धम्की दिएर महिलालाई जर्बजस्ती गरेको र स्थानीयले घटना थाहा पाए पछि प्रहरीमा पुगेको र हाल प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको छ ।
यसै बीच प्रहरी हिरासतमा परेका लालबहादुर राना मगरले बुलिगंटार गाउँपालिका ६ भारतीपुरका वडाध्यक्ष सुर्य बहादुर राना मगरलाई समेत ज्यान मार्ने धम्की दिएको र निजलाई ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको जनाईएको छ ।समाजमा उर्छिर्खल गतिबिधिमा सकृय लालबहादुर रानामगरलाई हदै सममको कारबाहीको माग गर्दै आज जिल्ला प्रहरी कार्यालयमा मूद्दा दर्ता गरिएको स्थानीय भारतीपुरका बासिन्दाले जानकारी दिएका छन् । वडाध्यक्ष रानामगरले आफुलाई पटक पटक धम्कयाउने लालबहादुरलाई किटानी सहितको जाहेरी दिएको बताउनुभयो ।


२०७६-जेठ-२६ गते प्रकाशित

लोकप्रिय

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु संजय कुशवाहा / नवलपरासी २३ नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बसहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको

धानबालिमा फौजी किराको प्रकोप:साबिक दाउन्नेदेविका किसान चिन्तित

मनिष कुमार अधिकारी  २०७६ असाेज २७ पश्चिम नवलपरासीको बर्दघाट नगरपालीका वडा नं.१४ धर्मबस्तीमा फौजी किराको कारणले करिब ३० बिघा भन्दा बढिमा लगाईएको धान खेती नाश गरेको छ । दिउसोको समयमा

दुई लाख दाईजो नदिँदा नेपाली चेलीको हत्या गरि खोलामा लास,यसति गरेका रहेछन हत्या

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।  उनको शव भारतको अररिया

विशेष अपडेट


भिडियो