प्राविधिक कृषि शिक्षाको विकासमा प्रदेश सरकार र स्थानीय सरकारले विशेष जोड दिइनुपर्ने - राज्यमन्त्री चौधरी



प्राविधिक कृषि शिक्षाको विकासमा प्रदेश सरकार र स्थानीय सरकारले विशेष जोड दिइनुपर्ने - राज्यमन्त्री चौधरी 

रुपन्देही / जेष्ठ - २७ 
कृषि तथा पशु-पंक्षी विकास राज्य मन्त्री राम कुमारी चौधरीले नेपालमा प्राविधिक कृषि शिक्षाको विकास गर्न प्रदेश सरकार र स्थानीय सरकारले विशेष जोड दिइनुपर्ने बताउनुभयो । रुपन्देहीको ओमसतिया गाउँपालिका-६ स्थित नरैनापुरमा कृषक सेवा समिति रुपन्देहीको आयोजनामा भएको सातौं राष्ट्रिय कृषक दिवस - २०७६ तथा किसान सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री चौधरीले कृषि क्षेत्रप्रतिको गलत बुझाईलाई न्युनिकरण गर्दै परम्परागत तरिकाले गरिने खेतीमा आमुल परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । परम्परागत खेती प्रणालीमा सुधार गरी आधुनिकीकरण, औजारीकरण र व्यवसायीकरण तर्फ लैजानु पर्ने बताउनुभयो । 

विगत लामो समयदेखि निरन्तर चलि आइरहेको वास्तविक किसानको नाममा बिचौलियाहरुले अनुदान र सहूलियत पाउने परिपाटीको अन्त्य गर्न प्रदेश सरकार र स्थानीय सरकारले वास्तविक किसान पहिचान गरी कृषि अनुदान र सहूलियत प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 
साथै युवा शक्तिलाई विदेश पलायन हुन नदिई कृषिमा आकर्षित गर्न विभिन्न युवा लक्षित कृषि तालिम तथा एकद्वार कृषि अनुदान प्रणाली समेत ल्याउने  बताउनुभयो ।
सरकारले विदेशबाट फर्केका, पढेलेखेका र बेरोजगार युवाहरु कृषि क्षेत्रमा केही गर्न चाहने युवाहरुलाई सस्तो ब्याजदरमा ऋण र ५० प्रतिशत अनुदान दिइने कार्यक्रम मार्फत जानकारी गराउनुभयो । 

५ नम्बर प्रदेशले कृषकहरुका लागि सुलभ कृषि कर्जा तथा मलखादमा १५ प्रतिशत वृद्धि हुने गरी मल ऐन पारित गरेको ५ नम्बर सरकारका भूमि व्यवस्था,  कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभयो ।उहाँले प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा कृषि नमुना बस्तीको रुपमा स्मार्ट कृषि गाउँ निति ल्याएको जानकारी दिनुभयो । साथै कृषि क्षेत्रबाट उत्पादित वस्तुको संरक्षण गर्न ५ नम्बर प्रदेश सरकारले २८ वटा कोल्डस्टोर निर्माण गर्न पहल गरेको बताउनुभयो । 
पूर्व कृषि राज्यमन्त्री तथा नेकपा प्रदेश कमिटी सदस्य ओमप्रकाश यादव गुलजारीले कृषि बजार तथा कृषि प्रशोधन केन्द्र व्यवस्थापन जस्ता कृषकहरुका हकहितका लागि वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो । 

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, ओमसतिया गाउँपालिकाका प्रवक्ता एवम् ६ नम्बर वडा अध्यक्ष शिवकुमार धवल, लुम्बिनी मत्स्य ह्याचरी फर्मका सञ्चालक मान बहादुर चौधरी, नेकपा रुपन्देही जिल्ला कमिटी सदस्य प्रमोद यादव लगायतले बोल्दै परम्परागत तरिकाले गरिने कृषि पद्धतिमा सुधार गरी यसलाई व्यवसायीकरण, प्रविधिकरण र आधुनिकीकरण गर्नुपर्ने बताए ।

रुपन्देही कृषक सेवा समितिका अध्यक्ष एवम् कृषक अगुवा देवधवलको अध्यक्षता, इन्द्रजीत यादवको स्वागत मन्तव्य तथा युवा समाजसेवी संजय कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
कृषि क्षेत्रको प्रवर्द्धन तथा विकास गर्नेहेतु विगत २०७० सालदेखि प्रत्येक वर्ष जेठ २७ गते राष्ट्रिय कृषक दिवस मनाउन थालिएको कृषक सेवा समिति रुपन्देहीले जनाएको छ ।


२०७६-जेठ-२८ गते प्रकाशित

लोकप्रिय

के महराको हत्या प्रयासमा प्रहरी प्रशासन मिलेकै हो त ? यस्तो छ सत्य तथ्य । घटनाको भिडिओ हेर्नुहोस

काठमाडौँ - काठमाडौँ मलको चौथो तल्लामा रहेको फेसियल हाउसमा बैशाख ३ गते राती ८ बजे तिर पसल बन्द गरेर घर जाने क्रममा सुस्मा महरा र उनको परिवार माथि भएको घटना अझै रहस्यमय नै छ । आफु एक फेसियल

सरावलकाे धनगडवामा किशोरी झुन्डिएको अवस्थामा फेला

सरावलकाे धनगडवामा किशोरी झुन्डिएको अवस्थामा फेला नवलपरासी सम्बाददाता /२८ बैशाख  नवलपरासीको सरावल गाउँपालिका ५ धनगडवामा अाज बिहान एक किशोरी झुन्डिएको अवस्थामा फेला परेकि छिन। धनगडवा

एन आर एन अमेरिका को महासचिव मा गोपेन्द्र को चर्चा चुलियो !!!

केशव रेग्मी मिकिनी टेक्सास  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको २०१९ को निर्वाचनमा वर्तमान बोर्ड सदस्य गोपेन्द्र भट्टराईले महासचिव पदका लागि उम्मेदवारी दर्ता गरे

विशेष अपडेट


भिडियो