अपाङ्गता भएका ब्यक्तिहरुको लागी झुल बितरण



संजय कुशवाहा / नवलपरासी असार १५

  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ जन जागृति माध्यमिक विध्यालय गुठी परसौनीको सभाहलमा  अपाङ्गता भएका ब्यक्तिहरुको लागी झुल बितरण कार्यक्रम सम्पन् भएको छ ।

जन जागृती अपाङ्ग संस्था नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिका वडा नं ६ को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाको अध्यक्ष बच्चा रायको  अध्यक्षता तथा प्रतापपुर गाउँपालिका प्रमुख राजकुमार शर्माको प्रमुख अथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले शरीरका अँगहरु र शारिरीक प्रणालीमा भएको समस्याको कारण भौतिक, सामाजिक, साँस्कृतिक वातावरणका साथै सञ्चारसमेतवाट सिर्जना भएको अवरोध समेतले दैनिक क्रियाकलाप सामान्य रुपमा सञ्चालन गर्न एवँ सामाजिक जिवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाइ अपाङ्गता भन्ने बुझिन्छ ।  

साथै अपांग ब्यक्तीहरुको लागी सिप मुलक, साथै लक्षित कार्यक्रमहरु गर्न जरुरी रहेको र अपाङ्गहरुलाई सबै काममा सहकार्य गर्न आवश्यकता रहेको शर्माले बताए ।

कार्यक्रममा वडा न.६ का वडाध्यक्ष रामहरि उपध्याय वडा न.८ का वडाध्यक्ष कादिर अली अन्सारी , वडा सदस्य सहिदुन नेशा ,जन जागृति मा.वि को प्रधान अचार्य बाबूराम सुवेदी ,सशस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक माधव पण्डित ,गुठी परसौनी प्रहरी चौकीका ईन्चार्ज अोमदेउ भाट क्षेत्री,तौहिद धुनियालगायतहरुको बोल्नु भएको थियो ।

उक्त वडाका करिब ५५ जना अपाङ्गहरुलाई झुल बितरण गरिएको थियो ।


२०७६-असार-१७ गते प्रकाशित

लोकप्रिय

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु संजय कुशवाहा / नवलपरासी २३ नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बसहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको

धानबालिमा फौजी किराको प्रकोप:साबिक दाउन्नेदेविका किसान चिन्तित

मनिष कुमार अधिकारी  २०७६ असाेज २७ पश्चिम नवलपरासीको बर्दघाट नगरपालीका वडा नं.१४ धर्मबस्तीमा फौजी किराको कारणले करिब ३० बिघा भन्दा बढिमा लगाईएको धान खेती नाश गरेको छ । दिउसोको समयमा

दुई लाख दाईजो नदिँदा नेपाली चेलीको हत्या गरि खोलामा लास,यसति गरेका रहेछन हत्या

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।  उनको शव भारतको अररिया

विशेष अपडेट


भिडियो