ग्रामीण क्षेत्रमा रहेर पनि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल सिद्धार्थ



ग्रामीण क्षेत्रमा रहेर पनि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल सिद्धार्थ

उमेश बि.क , सरावल / १७ चैत

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मा अवस्थित सिद्धार्थ सेकेन्डरी स्कुल गाेबरहिया ग्रामीण क्षेत्रमा रहेर पनि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।

जीपीए ४ ल्याई जिल्ला प्रथम सिद्धार्थ सेकेन्डरी स्कुल गाेबरहियाका विद्यार्थी बिशाल चाैधरी तथा SEE परीक्षा उतिर्ण ३६ जना बिद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम एक कार्यक्रम बिच सम्पन्न गरिएको छ।

स्कुल निर्देशक सुखाडि प्रसाद चाैधरीकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा एवं गाउँपालिका उपप्रमुख उत्तमा रायको बिशिस्ट अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका प्रमुख राधेश्याम चाैधरीले ग्रामीण क्षेत्रमा रहेर पनि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल सिद्धार्थ सेकेन्डरी स्कुल गाेबरहियाका बिद्यार्थी बिशाल चाैधरीकाे प्रशंसा गर्दै सिद्धार्थकाे नाम राेसन बढाउनुका साथै सरावल गाउँपालिकाकै नाम अगाडि बढाएको भन्दै उतिर्ण सम्पूर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको हाे।

त्यस्तै गाउँपालिका उपप्रमुख रायले शिक्षा ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसलाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ। शिक्षा निरन्तर चलीरहने प्रक्रिया हो। यो जन्मे देखि नमरुन्जेलसम्म कुनै न कुनै रूपमा चलिरहेको हुन्छ। "शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई  संसार बदल्न सकिन्छ भन्दै सिद्धार्थ सेकेन्डरी स्कुल गाेबरहियाका बिद्यार्थी बिशाल चाैधरीकाे प्रशंसा गर्दै प्राेत्साहन स्वरुप नगद रु.पाँच हजार रुपैया प्रदान गर्नु भएको हाे। यस्ता बिद्यार्थीहरुप्रती मेराे सकारात्मक धारणा रहेको र अगामि दिनमा मेराे तर्फबाट हुने सहयोग हमेशा रहने छ भन्दै उतिर्ण सम्पूर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको हाे।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष छाेटेलाल यादव , वडा सदस्य जन्तरी सहानि,समाजसेवी जन्मेजय यादव ,विद्यालयका प्र.अ रामचन्द्र चाैधरी, शिक्षक शिव चाैधरी, पारबति चाैधरी मिना के.सि, इन्द्रबहादुर चाैधरी, जाहिद खाँ लगाएतकाे सहभागीता रहेको थियाे।


२०७६-असार-१७ गते प्रकाशित

लोकप्रिय

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु संजय कुशवाहा / नवलपरासी २३ नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बसहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको

धानबालिमा फौजी किराको प्रकोप:साबिक दाउन्नेदेविका किसान चिन्तित

मनिष कुमार अधिकारी  २०७६ असाेज २७ पश्चिम नवलपरासीको बर्दघाट नगरपालीका वडा नं.१४ धर्मबस्तीमा फौजी किराको कारणले करिब ३० बिघा भन्दा बढिमा लगाईएको धान खेती नाश गरेको छ । दिउसोको समयमा

दुई लाख दाईजो नदिँदा नेपाली चेलीको हत्या गरि खोलामा लास,यसति गरेका रहेछन हत्या

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।  उनको शव भारतको अररिया

विशेष अपडेट


भिडियो