साविक दाउन्नेदेवी गाविस का सस्थापक,पुर्व प्रधानपन्च लिलाबल्लव पान्डेको निधन



साविक दाउन्नेदेवी गाविस का सस्थापक,पुर्व प्रधानपन्च लिलाबल्लब पान्डे को निधन

२०७६ असार १८

मुक्ती तिवारी (बर्दघाट)

बर्दघाट नगरपालिका वडा १४ निवासी साबिक दाउन्नेदेवि गाविस का सस्थापक एवम पुर्व प्रधानपन्च लिलाबल्लब पान्डेको निधन भएको छ। उहाको ९३ बर्ष को उमेर मा गएराती ६ बजे आफ्नै निवासमा निधन भएको हो।स्व.पान्डेको बुधबार बिहान त्रिबेणि मा अन्त्यस्टी गरिएको छ।उहाको पार्थिव शरीर मा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा सदस्य देवेन्द्र राज कंडेल,संविधान सभा सदस्य देवकरण कलवार,नेपाली काङ्ग्रेस जिल्ला सदस्य बिश्वप्रेम पाठक,कमला पराजुली लगायतले पार्टी को झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो।

गुल्मिको हर्मिचौरमा जन्मनु भएका स्व.पान्डे ले २००३ सालमा राष्ट्रिय प्रजा परिसद बाट आफ्नो राजनितीक यात्राको शुरूवात गर्नु भएको थियो।२००४ सालमा राष्ट्रिय काङ्ग्रेस हुँदै २००६ सालमा नेपाली काङ्ग्रेस को सक्रिय सदस्यको रुपमा राजनिती र समाजसेवा गर्दै आउनु भएका पाण्डेले २०३९ साल देखि २०४३ र २०४३ देखि २०४६ साल सम्मको अवधिमा दुई कार्यकाल दाउन्नेदेवि गाविसको  प्रधानपन्चको जिम्मेवारी सम्हाल्नु भएको थियो।जन्मस्थान गुल्मी देखि दाउन्नेदेवी सम्मको राजनितिक यात्रा मा उहाले मठ मन्दिर बिधालय निर्माण जस्ता सामाजिक बिकासका कार्यमा अग्रणी भुमिका खेल्दै आएको उहाका शुभचिन्तकहरु बताउछ्न।राजा बिरेन्द्रको राज्य अभिषेक का अवसरमा उहालाई उत्कृष्ट प्रधान पन्चको रुपमा पदक समेत प्रदान गरि सम्मान गरिएको थियो।उहाँ पछिल्लो समय दम रोगले ग्रसित हुनुहुन्थ्यो।उहाका दुई छोरा र ८ छोरी रहेका छन।जेठा छोरा शैक्षिक सेवा बाट अवकास प्राप्त हुनुहुन्छ भने उहाका कान्छा छोरा एकदेव पान्डे दाउन्नेदेवी गाविसकै पुर्व अध्यक्ष समेत हुन्हुन्थ्यो।हाल उहाँ नेपाल कम्युनिस्ट पार्टी को जिल्ला कमिटी सदस्य को रुपमा रहि नेकपाको सकृय राजनितीमा रहनु भएको छ।

साथै प्रदेश साम्सद दिपेन्द्र अधिकारी,बर्दघाट नगरपालिका का प्रमुख धिरज शर्मा बस्याल,बृहस्पति अधिकारी ,बर्दघाट १४ का अध्यक्ष केशव खत्री लगायत ले सागर पुगि अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो।


२०७६-असार-१८ गते प्रकाशित

लोकप्रिय

बाटो निर्माणमा चरम लापरबाही, सडक अस्तव्यस्त

बाटो निर्माणमा चरम लापरबाही, सडक अस्तव्यस्त  जितेन्द्र थारु  ओमसतिया / असार - २८ रुपन्देहीको ओमसतिया गाउँपालिकाका विभिन्न क्षेत्रहरु मध्ये पूर्वाधार विकास तथा बाटो निर्माणका

शारीरिक सम्पर्कको इच्छा भएपछि महिलाले देखाउने ५ ब्यवहार

काठमाडौँ । संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु

राष्ट्रपति रनिङ शिल्डमा जीवन ज्योति मावि पहिलो

नवलपरासी । पूर्वी नवलपरासीको यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवन ज्योति मावि प्रथम भएको छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म गैडाकोटको जनक माविमा चलेको प्रतियोगितामा

विशेष अपडेट


भिडियो