सरावलमा घरेलु तथा साना उद्योग प्रवर्ध्दन कार्यक्रम सम्पन्न 



सरावलमा घरेलु तथा साना उद्योग प्रवर्ध्दन कार्यक्रम सम्पन्न 

उमेश बि.क , सरावल / १७ असार

नवलपरासीको सरावल गाउँपालिकामा घरेलु तथा साना उद्योग प्रवर्ध्दन कार्यक्रम अन्तर्गत असार ४ गतेदेखि टाेल टाेलमा सर्बेक्षण गरि समान बितरण सहित कार्यक्रम सम्पन्न भएको हाे।

सरावल गाउँपालिकाकाे अायाेजना तथा कदम नेपालकाे सहजिकरणमा उक्त कार्यक्रम गाउँपालिका उपप्रमुख उत्तमा रायको अध्यक्षता तथा गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा सरावल गाउँपालिका वडा नं .१ देखि ७ सम्मका घरेलु तथा साना उद्योगमा अाबध्द १९ जना ब्यक्तिलाई ग्लेन्डर कुदालाे , कैँची ,धागाे ,कर्नि लगाएतकाे समान बितरण गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले नेपालको आर्थिक  क्षेत्रलाई  समृद्ध बनाँउन   आन्तरिक उत्पादनमा वृद्धि गर्नु आवश्यक छ ।   आन्तरिक  उत्पादन विना  आयात  प्रतिस्थापन तथा निर्यात प्रवद्धन  दुवै सम्भव छैन । राष्टिय अर्थतन्त्रको  विकासका लागि राष्ट्रिय उद्योगको प्रवद्र्धन  गर्न नेपाली श्रम  सीप र कच्चा पदार्थमा  आधारित स्वदेशी लगानीलाई  प्राथमिकता दिनु जरुरी रहेको छ ।
नेपालजस्तो विकासशील देशले घरेलु तथा साना उद्योगको क्षेत्रमा बढीभन्दा बढी विकास गर्नु अति नै आवश्यक देखिएको छ । हातले बनेका सामानले मेसिनबाट बनेका सामानसँग कुनै हालतमा प्रतिस्पर्धा गर्न सक्दैन । हातले बनेका सामान महँंगोमात्र होइन कि रूप र आकारमा पनि त्यति अब्बल नहुन सक्छन् । मेसिनसँग घरेलु उद्योगले प्रतिस्पर्धा गर्न कठिन हुने कुरा स्वाभाविक नै हो । यसको साथसाथै घरेलु तथा साना उद्योगले उचित मात्रामा संरक्षणको अभाव छ। घरेलु तथा साना उद्योग संकटमा पर्न थालेपछि स्थानीय तह त्यसको संरक्षणमा जुटेको गाउँपालिका प्र मुख चाैधरीले बताउनुभयो ।  दिनप्रतिदिन बैदेशिक राेजगारमा युवापुस्ता पलायन भएको देख्दा र विभिन्न जातीय घरेलु पेशा संकटमा परेकाे भन्दै अाफ्नै गाउँ ठाउमा रहेर पेशालाई लाेप हुनबाट बचाउन तथा पेशा गरेर जिविकोपार्जन गर्ने ब्यक्तिकाे पेशालाई निरन्तरता दिनका लागि सामग्री वितरण गर्दै सामग्रीको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । पेशालाई व्यवसायिक रुपमा पेशा अगाँलेकाहरुको पेशामा थप टेवा पुगोस भनेर सामग्री वितरण गरिएको भन्दै  गाउँपालिकाप्रमुख चाैधरीले परम्परागत रुपमा गदै आएको पेशाको निरन्तरता र संरक्षण गने उद्देश्यले सामाग्री वितरण गरिएको यसको बेला बेला अनुगमन गर्ने बताउनुभयो ।

कार्यक्रममा उपाप्रमुख रायले  ग्रामीण क्षेत्रमा पेशा महंगीले खर्च धान्न नसक्ने बन्न थालेपछि समुदायका मानिस पेशा नै छोड्न थालेका अवस्थामा  प्रविधिको विकाससँगै व्यवसाय संकटमा पर्न थालेको र सरावल गाउँपालिका घरेलु सीप तथा पेशामा अाबद्ध ब्यक्तिकालागि पेशा निरन्तर्ता दिनकाे लागि उदाहरणिय काम गरेकाे भन्दै घरेलु तथा साना उद्योगमा अाबध्द ब्यक्तिहरुकाे प्रसंसा ब्यक्त गर्नुभएको थियाे।


२०७६-असार-१९ गते प्रकाशित

लोकप्रिय

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु संजय कुशवाहा / नवलपरासी २३ नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बसहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको

धानबालिमा फौजी किराको प्रकोप:साबिक दाउन्नेदेविका किसान चिन्तित

मनिष कुमार अधिकारी  २०७६ असाेज २७ पश्चिम नवलपरासीको बर्दघाट नगरपालीका वडा नं.१४ धर्मबस्तीमा फौजी किराको कारणले करिब ३० बिघा भन्दा बढिमा लगाईएको धान खेती नाश गरेको छ । दिउसोको समयमा

दुई लाख दाईजो नदिँदा नेपाली चेलीको हत्या गरि खोलामा लास,यसति गरेका रहेछन हत्या

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।  उनको शव भारतको अररिया

विशेष अपडेट


भिडियो