निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलको घरेलु हिंसाको उजुरी



निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन्।शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार दिउँसो परिसर बोलाइएको छ।अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंमा विवाह गरेका थिए।विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

उनीहरू निकट स्रोतका अनुसार विगत केही समययता दुवैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ।यस विषयमा बुझ्न खोज्दा दुबैको फोन उठेन।उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ।स्रोतकाअनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन्।


२०७६-असार-२६ गते प्रकाशित

लोकप्रिय

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु संजय कुशवाहा / नवलपरासी २३ नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बसहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको

धानबालिमा फौजी किराको प्रकोप:साबिक दाउन्नेदेविका किसान चिन्तित

मनिष कुमार अधिकारी  २०७६ असाेज २७ पश्चिम नवलपरासीको बर्दघाट नगरपालीका वडा नं.१४ धर्मबस्तीमा फौजी किराको कारणले करिब ३० बिघा भन्दा बढिमा लगाईएको धान खेती नाश गरेको छ । दिउसोको समयमा

दुई लाख दाईजो नदिँदा नेपाली चेलीको हत्या गरि खोलामा लास,यसति गरेका रहेछन हत्या

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।  उनको शव भारतको अररिया

विशेष अपडेट


भिडियो