प्रदेश ३ को खेलकुद विकास परिषद्का सदस्य सचिवले लिए सपथ



 हेटौंडा । प्रदेश ३ को खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव तथा सदस्यहरुले मंगलबार सपथग्रहण गरेका छन् ।

परिषद्का अध्यक्ष एवम् प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव सूर्यलाल भण्डारी र ५ सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

प्रदेश खेलकुद विकास परिषद्मा २१ सदस्य टोली रहने भए पनि अहिले भने ६ जनालाई नियुक्त गरिएको हो ।

गतअसार ९ गते बसेको मन्त्रिपरिषदको बैठकले सदस्य सचिवमा भण्डारी र अन्य ५ जना सदस्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

परिषद्को सदस्यहरुमा विकास तामाङ, माधब तिमल्सिना, ममिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मालाई मंगलबार सफथ ग्रहण गराइएको हो ।

मन्त्री दुलालले खेलकुद क्षेत्रमा भइरहेको बिकृति र बिसंगतिहरुलाई हटाउन परिषदले काम गर्नुपर्ने बताए ।

नवनियुक्त सदस्य सचिव सूर्यलाल भण्डारीले प्रदेश सरकारले दिएको प्रदेश खेलकुद विकासको जिम्मेवारीलाई पूर्णरुपले निभाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य डाक्टर यमुना कंडेल, मन्त्रालयका सचिब दिपेन्ऽ सुबेदीलगायतकाको उपस्थित रहेको थियो ।

सदस्य सचिव भण्डारीले मंगलबार पदभारग्रहण गरेका छन् ।


२०७६-असार-२६ गते प्रकाशित

लोकप्रिय

बाटो निर्माणमा चरम लापरबाही, सडक अस्तव्यस्त

बाटो निर्माणमा चरम लापरबाही, सडक अस्तव्यस्त  जितेन्द्र थारु  ओमसतिया / असार - २८ रुपन्देहीको ओमसतिया गाउँपालिकाका विभिन्न क्षेत्रहरु मध्ये पूर्वाधार विकास तथा बाटो निर्माणका

शारीरिक सम्पर्कको इच्छा भएपछि महिलाले देखाउने ५ ब्यवहार

काठमाडौँ । संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु

राष्ट्रपति रनिङ शिल्डमा जीवन ज्योति मावि पहिलो

नवलपरासी । पूर्वी नवलपरासीको यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवन ज्योति मावि प्रथम भएको छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म गैडाकोटको जनक माविमा चलेको प्रतियोगितामा

विशेष अपडेट


भिडियो