जनसम्पर्क समितिको निमन्त्रणामा कांग्रेस महामन्त्री खड्का र गगन थापा कुवेत जादै



कुवेत, १२ सेप्टेम्बर : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले आउदो सेप्टेम्बर २७ तारिख २०१९ शुक्रबारका दिन तेस्रो अधिवेशन गर्ने भएको छ।

कुवेतको फर्वानियास्थित सेफ नौसाद होटेलमा समितिको तेस्रो अधिवेशन गर्न लागेको समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण”ले बताएको पत्रकार कमल सिंह ठकुरीले खबर पठाएका छन।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयको निर्देशनानुसार नेपाली जनसम्पर्क समिति कुवेतले आफ्नो तेश्रो अधिवेशन गर्न लागेको बताएको छ।

अधिवेशनको लागि नेपाली कांग्रेसका पार्टी महामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता र सांसद तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाको विशेष उपस्थितिमा जनसम्पर्क समितिले आफ्नो तेस्रो अधिवेशन गर्न लागेको समितिका सभापति कल्याण कुमार श्रेष्ठले बताए।

नेपाली जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई स्विकार्दै अतिथीको रुपमा साउदी अरबबाट राजु सायद, कतारबाट नरेन्द्र भाट र युएईबाट मनाेज गोर्खालीको उपस्थित रहने समितिले जानकारी दिएको छ।

कुवेतलाई कर्मथलो बनाउँदै आउनुभएका नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अधिवेशनमा उपस्थितिका लागि नेपाली जनसम्पर्क समिति कुवेतले अनुरोध गरेको छ।

साथै उक्त दिन कुवेतमा रहेका क्रियाशिल संघसंस्थाहरुले कार्यक्रम नजुझाई दिनुहुन समितिले आग्रह समेत गरेको छ।

    तपशिल :

समय : ठिक ११ बजे
मिति : २७ सेक्टेम्बर २०१९ शुक्रबार
स्थान : सेफ नौसाद होटेल फर्वानिया
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।


२०७६-भदौ-२७ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो