सांसद कण्डेलकाे पहलमा अति बिपन्नलाई पोशाक बितरण



सांसद कण्डेलकाे पहलमा अति बिपन्नलाई पोशाक बितरण

उमेश बि.क / नवलपरासी , १७ असाेज

पश्चिमी नवलपरासीको रामग्राम नगरपालिका वडा ७ का अति बिपन्न,दलित समुदाय एवम जेहेन्दार छात्र-छात्राहरुलाई शुक्रबार पोशाक बितरण गरिएकाे छ।

प्रतिनिधि सभा सदस्य तथा पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कण्डेलको विशेष पहलमा तथा प्रयास नेपाल काठमाडौको सहयोगमा शुक्रबार रामग्राम स्तूप उजैनिमा रामग्राम नगरपालिका वडा ७ उजैनी,देउरवा,नौडिहवा का करिब १५० घर परिवार लाई बितरण गरि औपचारिक सुरुवात गरिएको छ।

जिल्लाका करिब ९०० गरिब,बिपन्न,दलित समुदाय तथा छात्र छात्रालाई पोशाक(टिशर्ट,टाेपि,ट्र्याक सुट), बितरण गरिने प्रतिनिधि सभा सदस्यका स्वकीय सचिव कमल किशाेर रायमाझिले जानकारी दिनुभएको छ।

रामग्राम स्तूप संरक्षण ,बिकास तथा प्रवर्द्धन संस्थाको आयोजनमा आयोजित बिजया दशमी,शुभ दिपावली,नेपाल सम्बत ११४० एवम् छ्ठ पर्व २०७६ को शुभकामना आदान प्रदान तथा प्रयास नेपाल काठमाडौको सहयोगमा पोशाक बितरण कार्यक्रम संस्थाका अध्यक्ष शम्भु उपाध्यायको सभापतित्व तथा प्रतिनिधि सभा सदस्य एवम् पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न गरिएको हाे।

सांसद कण्डेलले समस्त चाड पर्वहरुकाे सुखद उपलक्षमा अामन्त्रित उपस्थित सवैमा सुख शान्ती समृद्धि सुस्वास्थ्य र दिर्घ जीवनकाे हार्दिक शुभकामना प्रकट गर्नु भएकाे थियाे।र विपन्न परिवाका सदस्य तथा विद्यार्थीलाई लक्षित गरि गरिएको सो सहयोगले अभिभावकहरुमा केही हदसम्म भए पनि राहत हुने विश्वास व्यक्त गरे ।अाफु बिगतका दिनदेखि नै समाजिक काम गर्दै आएको र निरन्तर रुपमा सामाजिक काममा अग्रसर हुने सांसद कण्डेलले जानकारी दिनु भयो।

अति बिपन्न,दलित समुदाय एवम जेहेन्दार छात्र-छात्राहरुलाई सहयोग मिलेको भन्दै आफू खुसी भएको स्थानीय बासिहरुकाे भनाइ छ।

कार्यक्रममा प्रदेश सभा सदस्य बैजनाथ जैसवाल ,जि.स.स. प्रमुख शिव शंकर राय,प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी,उद्योग बाणिज्य संघ अध्यक्ष केशव भण्डारी तथा विभिन्न राजनैतिक दल प्रतिनिधि,सुरक्षा निकाय प्रमुख,पत्रकार,बुद्धिजिबी तथा स्थानिय जनसमुदायको सहभागीता रहेको थियाे।


२०७६-आश्विन-१८ गते प्रकाशित

लोकप्रिय

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु संजय कुशवाहा / नवलपरासी २३ नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बसहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको

धानबालिमा फौजी किराको प्रकोप:साबिक दाउन्नेदेविका किसान चिन्तित

मनिष कुमार अधिकारी  २०७६ असाेज २७ पश्चिम नवलपरासीको बर्दघाट नगरपालीका वडा नं.१४ धर्मबस्तीमा फौजी किराको कारणले करिब ३० बिघा भन्दा बढिमा लगाईएको धान खेती नाश गरेको छ । दिउसोको समयमा

दुई लाख दाईजो नदिँदा नेपाली चेलीको हत्या गरि खोलामा लास,यसति गरेका रहेछन हत्या

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।  उनको शव भारतको अररिया

विशेष अपडेट


भिडियो