घरमा आगलागी धनजनको सत्यानास



रौतहट – रौतहटको दक्षिणीभेग राजपुर नगरपालिका वडा २ स्थित एकघरमा गएराति आगलागी हुँदा लाखौं बराबरको धनमाल जलेर नष्ट भएको छ  । आगलागीमा परेर घरभित्र रहेको तीनवटा भैँसी र ६ वटा बाख्राको जलेर नष्ट भएका छन् ।

राजपुर २ फतुुआटोलका रामबिश्वास मुखियाको खरको छाना रहेको घरमा शनिवार राति ९ बजे बिद्युत सर्ट भई आगलागी भएको थियो ।आगलागीबाट गाई भैसीसहित घरमा रहेको अन्नपात,लता कपडा र घर समेत पुर्णरुपमा जलेर ५ लाख बराबरको क्षती भएको प्रहरी नायव निरीक्षक सई दिपक गुुप्ताले बताए । 

ईलाका प्रहरी कार्यालय  राजपुर बाट सई गुुप्ताको नेतृत्वमा गएको टोली र स्थानियको सहयोगमा आगलागी नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पीडित मुखिया विप्पन परिवारका रहेकाले एउटै घरमा पशुु चौपाया बाँध्नुु देखि सपरिवार बस्दै आएको प्रहरीले जनाएको छ ।

हिन्दुुहरुको महानपर्व दशैं तिहारको समय घरमा भएको आगलागीका कारण विप्पन रामबिश्वास मुुखियाको परिवार बिच्चलीमा परेका छन् । उनीहरु अहिले छिमेकीको घरमा शरण लिन सकेका छन् ।रातोपार्टीमा लेखिएको छ !


२०७६-आश्विन-१९ गते प्रकाशित

लोकप्रिय

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु

बसहियामा करेन्ट लागेर एक युवकको मृत्यु संजय कुशवाहा / नवलपरासी २३ नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बसहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको

धानबालिमा फौजी किराको प्रकोप:साबिक दाउन्नेदेविका किसान चिन्तित

मनिष कुमार अधिकारी  २०७६ असाेज २७ पश्चिम नवलपरासीको बर्दघाट नगरपालीका वडा नं.१४ धर्मबस्तीमा फौजी किराको कारणले करिब ३० बिघा भन्दा बढिमा लगाईएको धान खेती नाश गरेको छ । दिउसोको समयमा

दुई लाख दाईजो नदिँदा नेपाली चेलीको हत्या गरि खोलामा लास,यसति गरेका रहेछन हत्या

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।  उनको शव भारतको अररिया

विशेष अपडेट


भिडियो