सुरक्षा निकायको मिलोमतोमा व्यापक तस्करी


( बिशेष समाचारदाता ) ÷ पश्चिम नवलपरासी सुरक्षा निकायको मिलोमतोमा ठुलो मात्रामा खाद्यन्न र कपडाजन्य सामाग्रीको व्यापक तस्करी बढेको पाईएको छ । आमजनमानस सबैलाई दशै पर्व लागीरहदा  नेपाल भारत सिमा क्षेत्रलाई प्रयोग गरी तस्करहरुलाई सुरक्षा निकायलाई सेटीङ्ग गरी  व्यापक रुपमा तस्करी  भईरहेको हो   ।  





बिशेष गरी सिमा क्षेत्रको प्रयोग गरी मरिच र मटर लगायतका खाद्यन्न सामाग्री भारत लैजाने गरिएको छ भने कपडाजन्य सामाग्री  भारतबाट नेपाल भित्राईने काम व्यापार रुपमा भईरहेको छ  ।  
दिनको समयमा सिमा सम्म सामाग्री राख्ने र रातको  समयमा तस्करीहरुले सुरक्षा निकायको मिलोमतोमा खाद्यन्न सामाग्री अबैध रुपमा भारत लैजाने र कपडाजन्य सामाग्री नेपाल भित्राउने काम जारी  छ  । 
सो कार्यकालागी सिमा क्षेत्रमा रहेका शशस्त्र प्रहरी र नेपाल प्रहरी मातहतमा रहेका सबै जसो  युनिटहरुलाई आर्थिक रुपमा तस्करहरुले पैसा दिएर आफ्नो काममा प्रयोग गर्दै आएका छन् । 
 सिमा क्षेत्रका नेपाली सुरक्षा निकायलाई  आर्थिक रुपमा लेनदेन मार्फत सेटीङ्ग गरी तस्करीहरुले काम गर्दै आएका छन् । बिशेष गरी नेपाल र भारत तर्फका दुबै तस्करहरुले नेपाल प्रहरी र शशस्त्र प्रहरीका  सुरक्षा युनिटलाई आफ्नो पक्षमा पारी तस्करीको काम गर्दै आएका छन् । 
बिशेष गरी मोटरसाईकल र पिक अप गाडीको प्रयोग गरी मरिच र  मटर दिनको समयमा सिमा क्षेत्रमा पु¥याउने  गरिन्छ भने रातको समयमा सहजै रुपमा ति सामाग्री भारतीय बजारसम्म पु¥याउने गरिन्छ  । कारोवारकालागी सिमा नजीक रहेको भारतिय बजार ठुठीबारी  ,  वरगदवा  , भुलनीपुर  , महाराजगन्ज लगायतका स्थानमा नेपालबाट तस्करी हुदै आएको मरिच र  मटरनै राख्ने गोदाम समेत बनाएको स्रोतको दाबी  छ  । जहांबाट भारतिय बजार सम्म पुग्दछ  ।  
  यता कपडा जन्य सामाग्री मोटरसाईलकको प्रयोग गरी  दिनको समयमा सिमा क्षेत्रमा ल्याउने र रातको समयमा सहजै रुपमा पिकअप गाडी र मोटरसाईकलको प्रयो गरी नेपाली बजारमा ल्याउने गरिन्छ  । बिशेष गरी यस्तो कपडा परासी सम्म ल्याउने र यहांबाट भैरहवा साथै राजमार्गको बाटो हुदै चितवन , पोखरी तथा काठमाण्डौ लगायतका बजारमा पठाउने गरिन्छ  । यी सबै काम गर्दा तस्करहरुले सुरक्षा निकायलाई आर्थिक रुपमा पहुच पु¥याएर राम्रो सेटीङ्ग गरेका    छन् । 
 यस्तो काममा सिमा क्षेत्रको पाल्हीनन्दन देखी सुस्ता गाउंपालीका सम्म तस्करीको काम हुने बाटोमा पर्ने  नेपाल प्रहरी र शशस्त्र प्रहरीका सबै   युनिटहरुलाई तस्करहरुले आर्थिक रुपमा किनीसकेका छन् ।  
तस्करहरुले कारोवारी गर्दा प्रयोग गरिने बाटो पर्ने   नेपाल प्रहरी र शशस्त्र प्रहरीका सबै युनिटहरुलाई आर्थिक रुपमा सेटीङ्ग गरेका छन् । अझ बिशेष गरी तस्करहरुलाई जिल्लाका सुरक्षा निकाय नेपाल प्रहरी र शशस्त्र प्रहरीका जिल्ला स्थित उच्च अधिकारीहरुलाई समेत आफ्नो हातमा लिएका छन् । 
 


यसरी आफ्नो मातहतमा रहेको सुरक्षा निकायले समेत तस्करी  हुने कार्यमा सघाउ पु¥याएको थाहा पाएपनि जिल्लाका सुरक्षा निकायका प्रमुखहरु समेत मौन    छन् ।  सुरक्षा निकायका प्रमुखहरु  जनमानसबाट व्यापक गुनासो नआएसम्म तस्करी रोक्ने पक्षमा छैनन् । जनमानसबाटै व्यापक जनगुनासो आएमा बल्ल तस्करी रोकथापन गर्ने पक्षमा देखिन्छ ।  पश्चिम नवलपरासीको सिमा क्षेत्रबाट मरिच र मटर  र कपडा जन्य सामाग्री लगायतका सामानको तस्करी भईरहेको एक सुरक्षा अधिकारीले स्वीकार गरेका छन् । अझै पश्चिम नवलपरासीमा अहिले पनि शशस्त्र प्रहरी र नेपाल प्रहरीका धुमुवाहरु समेत क्रियाशिल छन् । धुमुवा भन्ने शब्द्ध हटाएका सामान्य चिठी पत्र आदान प्रदान गर्ने वा सुचना संकलन गर्ने व्यक्तिका नाममा भित्री रुपमा धुमुवानै सक्रिय तथा क्रियाशिल छन् । यस्ता धुमुवाहरु मार्फत नै तस्करहरुले गर्ने काम र त्यसको व्यवस्थापननको जानकारी जिल्लाका सुरक्षा निकायका उच्च अधिकारीहरुले लिएका हुन् । केही दिन अघि नवलपरासीमा एक जना शशस्त्र प्रहरीको धुमुवा व्यापारी संग पैसा लिन लिदै अख्तियारको टोलीले पक्राउ गरेको थियो  । शशस्त्र प्रहरीले धुमुवा नरहेको दाबी गरेपनि यसरी अख्तियारको टोलीले केही दिन अघि एक जना धुमुवालाई घुस रकम लिदा लिदै  पक्राउ परेपनि शशस्त्र प्रहरी आफुले तस्करी नियन्त्रणमा काम गर्दै आएको भन्दै गर्भ गर्न पछिपरदैन् ।  ...........वाकी थप सुचना सहित. केही समय पछि .फलोअप आउने छ ......................


 


२०७६-आश्विन-१९ गते प्रकाशित


२०७६-आश्विन-२० गते प्रकाशित

लोकप्रिय

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर उमेश बि.क /नवलपरासी, १४ चैत्र विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध  उमेश बि.क / नवलपरासी , १३ चैत  विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव दिनानुदिन बढिरहेको

कोरोनाभाइरस: अमेरिकामा 'दुई लाखको मृत्यु हुनसक्ने' ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पको

विशेष अपडेट


भिडियो