सिटि अफ अर्भिङ ‘र गोकर्णेश्वर नगरपालिकाबीच सिस्टर सिटीको सम्बन्ध स्थापना हुने



टेक्ससको सिटी अफ अर्भिङ र काठमान्डौको गोकर्णेश्वर नगरपालिका बीच ‘सिस्टर सिटीको’ सम्बन्ध स्थापना हुने भएको छ ।
नेपलिज–अमेरिकन च्याम्बर अफ कमर्श ड्यालस टेक्सस च्याप्टरको संयोजनमा यो सम्बन्ध स्थापना हुन लागेको हो । कार्यक्रम सिटी अफ अर्भिङको सभाहलमा हुनेछ ।

यसै सन्दर्भमा डिेसेम्बर १२ तारिख नेपलिज–अमेरिकन च्याम्बर अफ कमर्श, ड्यालसको संयोजनमा सिटी अफ अर्भिङ्ग र लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा गोकर्णेशर नगरपालिका काठमान्डौका तीन सदस्यीय प्रतिनिधि मण्डललाई यहा“ स्वागतका लागी विशेष कार्यक्रम राखेको छ ।

सिटी अफ अर्भिङ्ग काउन्सिललको बैठक को अवसर पारेर यो कार्यक्रम राखिएको हो ।
यो स्वागत र भेटघाट कार्यक्रमको मुल उद्देश्य नै गोकर्णेश्व नगरपालिका र सिटी अफ अर्भिङ बीच सिस्टर सिटीको सम्बन्ध स्थापना गराउनु हो, नेपलिज च्याम्बर अफ कमर्श ड्यालसका अध्यक्ष बाल जोशीले भने–‘
यसले दुई देश र नगरपालिकाबा बीचमा सम्बन्ध स्थापना गदै विकासमा पनि टेवा पुग्ने अपेक्षा लिएका छौ ।’
उनका अनुसार भेटघाट पश्चात सिटी अफ अर्भिङ्गको टोली नेपाल भ्रमण वर्ष २०२० अवसरमा नेपाल भ्रमण जाने योजना समेत रहेको छ ।

आदरणीय पत्रकार मित्रहरू, नेपलिज-अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्सासको संयोजन र सिटी अफ अर्भिंग तथा अर्भिंग-लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा अमेरिकाको भ्रमणमा आएको गोकर्णेश्वर नगरपालिका, काठमाडौँ नेपालको एक तिन सदस्यीय प्रतिनिधिमण्डलको बिशेष स्वागतार्थ सिटी अफ अर्भिंगले आगमी १२ तारिखका दिन बिशेष कार्यक्रम राखेको जानकारी गराउंदै उक्त समारोहमा समस्त पत्रकार मित्रहरूको सहभागिताका लागी हार्दिक अनुरोध गर्दछौ। गोकर्णेश्वर नगरपालिका र सिटी अफ अर्भिंग बीच 'सिस्टर सिटी' को सम्बन्ध स्थापनार्थ सुरुवात गरिएको यो भेटघाट पश्च्यात सिटी अफ अर्भिंगको टोली सन् २०२० को समरमा नेपाल जाने समेत योजना रहेको छ। आगामी १२ तारिख बेलुका ७ बजे आयोजना हुने सिटी अफ अर्भिंगको 'काउन्सिल बैठक'को अवसर पारेर नेपाली प्रतिनिधिमण्डलको परिचय तथा स्वागत गर्न लागिएको हो। सो बैठकमा सिटी अफ अर्भिंगका सम्पूर्ण पदाधिकारीहरु, ब्यबसायीहरु तथा स्थानीय नागरिकहरुको सहभागिता रहने छ। तसर्थ, टेक्सासको सिटी अफ अर्भिंग र नेपालको गोकर्णेश्वर नगरपालिका बीच ' सिस्टर सिटी' सम्बन्ध स्थापनाका लागी नेपलिज-अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्सासको भूमिकामा सहयोग गर्दै निम्न मिती, समय र स्थानमा उपस्थित भई समाचार सम्प्रेषणका लागी हार्दिक अनुरोध गरिएको छ। मिती/समय : डिशेम्बर १२ २०१९, बेलुका ७ बजे ( ६:४५ भन्दा पहिले कार्यक्रम स्थलमा पुगी सकेको हुनु पर्नेछ ) स्थान: 825 W Irving Blvd, Irving, TX 75060 (City of Irving - City Hall)- First Floor


२०७६-मंसिर-२५ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै