ज्योतिष विज्ञान यस्तो खुलासा ! ७५ प्रतिशत कलाकारको किन हुन्छ डिभोर्स ?



काठमाडौं । विश्व रंगमञ्चमा लागेकाहरु अधिकांशको दाम्पत्य जीवन सफल भएको देखिँदैन । यस्तै नेपाली कलाक्षेत्रमा लागेकाहरुमा पनि देखिन थालेको छ । बुधबारमात्रै चर्चित गायक रामकृष्ण ढकाल र निलम शाहबीच सम्बन्ध विच्छेद भयो । सम्बन्धविच्छेद मात्रै होइन सँगै बसेकाहरुबीच पनि टकराव चलिरहेको बारम्बार समाचार आइरहने गर्छन् । नाम, सम्मान, घर बंगला, गाडी, पैसा, स्वदेश तथा बिदेश यात्रा, ठूल्ठूला व्यक्तिहरुसँग सम्बन्ध लगायत सबैले सकारात्मक दृश्यले हेर्दाहेर्दै पनि सुखी तथा खुसी वैवाहिक जीवन हुन नसक्नुको मुख्य कारण के होला ? यो आममानिसले चासो व्यक्त गरेको कुरा हो ।  यसबारे लामो समयसम्मको अनुसन्धान गरेर केही यस्ता ज्योतषीय तथ्यहरु फेला परेका छन् । पुराना र अनुभवी अग्रजहरुको लामो अनुभवका आधारमा केही कुरा जानकारी गराउने प्रयास गरिएको छ ।

कलाकारितामा लाग्नेहरुको जन्मकुन्डलीमा ग्रहहरुको डिग्री बलियो हुनु पर्दछ, अनि मात्र यो क्षेत्रमा सफल भइन्छ । चन्द्रमा बलियो भयो भने मानिस सुन्दर चन्द्रमुखि पनि बनिन्छ, कलाकारितामा सुन्दर हुनु आवश्यक छ । अर्काे मंगल ग्रह र सुर्य ग्रहको डिग्री पनि १४५देखि २०५सम्म हुनु पर्दछ, त्यो भनेको सूर्यअनुसार १२ गतेदेखि २२ गते भित्र जन्मिनु पर्ने हुन्छ, यस्तो भयो भने हिम्मत र पराक्रमी तथा जिद्धी स्वभावका हुन्छन् । सबैभन्दा महत्त्वपूर्ण भनेको गायकहरुको कुन्डलीमा यदि शुक्र ग्रह खराब भयो भने कलाकारितामाता लान्छ, तर स्त्रीहरुसँग लामो समयसम्म सम्बन्ध बनाइराख्न दिँदैन शुक्र ग्रह केटा मान्छेका लागि पत्नीको कारक ग्रहका रुपमा रहन्छ, जुन बिग्रनु हुँदैन ।

गायिका यानिकि महिलाको चिनामा वृहस्पति ग्रह भनेको पतिको कारक ग्रहका रुपमा लिने गरिएको छ । विवाहका बेला वर र वधुलाई कन्याको रुपमा पुज्ने पनि गरिन्छ । वृहस्पति ग्रहले ज्ञानगुन धर्मकर्म रितिरिवाज शैक्षिक योग्यता कलाकारितामा लगानी पनि महत्त्वपूर्ण हुन्छ, सुरुवाती समयमा लगानी पनि गर्नु पर्ने हुन्छ । यदि महिलाको चिनामा वृहस्पति ग्रह कमजोर भयो भने पनि कलाकारितामा लाग्न सकिन्छ, तर यसले आफूलाई कहिल्यै पनि सानो भएर वा दबिएर बस्न नचाहने सोच विकास गर्छ वृहस्पति ग्रहले । 

उता मंगलको कारणले कलाकारिता ल्याउने भएकाले मंगल भनेको सेना हो, जसले सजिलोसँग निर्णय गरिहाल्छ, यस्तो अबस्था रहेकाले पनि धेरै कलाकारहरुको सम्बन्ध बिग्रेको हो । मांगलिक योग भएकाहरु कलाकारितामा सफल हुने हुँदा पनि मंगलले बहुविवाहको योग निर्माण गर्ने हो, जसको फल एक भन्दा धेरै विवाह गर्ने योग भनेर भन्ने गरिन्छ । कलाकारितामा लागेकाहरुको लक्ष्मी योग हुनु प्रवल आवश्यक मानिन्छ । लक्ष्मीयोगमा जन्मेका मानिसले अचानक पैसा कमाउने योग निर्माण हुन्छ भने छोटो समयमा प्रसिद्धि गराउन यस्तो योगको विशेष भूमिका हुन्छ । जन्म समयमा अथवा राशि कुन्डली अनुसार लग्नेश, पञ्चमेश र भाग्य भावको कुनैपनि प्रकारको सम्बन्ध रहेमा मानिसलाई घर, गाडी, पैसा, सम्मान यात्रा मनोरन्जनात्मक आदिको भरपुर उपभोग गराउँछ। तर वैवाहित सम्बन्ध भने सफल हुन दिँदैन ।क्यानडा नेपालबाट साभार,

(लेखक सुरेश चन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव समेत हुन् । उनलाई ९८५१०६११२४ मा सम्पर्क गर्न सकिन्छ ।)


२०७६-पुष-१३ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो