क्वारेन्टाइनमा बस्ने को सम्पूर्ण खर्च कृष्णनगर नगरपालिकाले व्याहोर्ने: नगर प्रमुख शाह



 


अजय मिश्र, कृष्णनगर, चैत्र १३
कपिलवस्तु जिल्लाको मुख्य भन्सार नाका कृष्णनगर रहेकाले भारत बाट आउने नेपालीको चाप यसै नाकामा बढी हुने सम्भावना रहेकाले कृष्णनगर नगरपालिका सक्रियता देखाएको छ  ।
कृष्णनगर नगरपालिका का नगर प्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखा सक्रिय रूपमा काम गर्दै आएको छ ।
भारत बाट आउने नेपाली लाई प्रहरीको सहयोगमा कृष्णनगर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइन्छ र स्वास्थ्य परिक्षण गरिन्छ  ।
आवस्यकता अनुसार क्वारेन्टाइन मा बस्ने व्यवस्था गरिन्छ.
क्वारेन्टाइनमा बस्ने को खाना, नास्ता, दैनिक सर सफाई लगायत अन्य आवस्यकता को सम्पूर्ण खर्च कृष्णनगर नगरपालिका ले दिदै आएको छ ।
भाडा र सकेसम्म नजिक भए घर सम्म समेत पुर्याउने व्यवस्थापन मिलाइएको र विजयनगर गाउँ पालिका  , शिवराज नगरपालिका भन्दा कृष्णनगर नगरपालिका मा चाप बढी नै रहेको र आफू र नगरपालिका को तर्फ बाट हुने सम्पूर्ण सहयोग गरेको नै छु र मानवीय सेवामा सम्पूर्ण नगरपालिका टीम लागेकाे कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले  जिक्र गर्नु भयो  ।  कृष्णनगर नगरपालिका वडा नं २,३ समेतको कृष्णनगरको महेन्द्र मा. वि. मा ३० बेड को क्वारेन्टाइन तयार भै सकेको र थप २० बेडको क्वारेन्टाइन तयार हुदै गरेको त्यस्तै वडा नं ८ र ९ को लागी जुमिला आधारभूत विद्यालय मा ८ बेड को क्वारेन्टाइन र बाकी वडा मा समेत ४-४ बेड का दरले क्वारेन्टाइन निर्माण भै सकेको जानकारी कृष्णनगर नगरपालिका ले दिएको छ ।
 साथै क्वारेन्टाइन को सुरक्षाका लागी दिउसो ५ र रात्रि मा ७ जना सुरक्षाकर्मी पठाएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए  ।
साथै सशस्त्र प्रहरी ले समेत ७-७ जना दिउसो र रात्री मा सुरक्षा का निम्ति पठाएको जानकारी सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्म पति सुशिल शाही ले बताए  ।


२०७६-चैत्र-१३ गते प्रकाशित

लोकप्रिय

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर उमेश बि.क /नवलपरासी, १४ चैत्र विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध  उमेश बि.क / नवलपरासी , १३ चैत  विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव दिनानुदिन बढिरहेको

सामाजिक अभियान्ता अंशु कार्की को “वदला “ शिर्षक मा कथा सार्वजनिक

बदला -------------------------------------------------------------------- सानुको मुहारमा एक किसिमको खुशी थियोे ।किन कि उसले बिगतमा जे भयो ।सो भयो बितेर गएका कुरालाई सम्झन चाहेकी थिइन ।उसले अतीत सङका सबै अतितलाइ साउनका झरी झै आफ्ना

विशेष अपडेट


भिडियो