शुक्रवार नमाज पढ्ने बारे संयुक्त रुपमा मदरसा मस्जिद का अध्यक्षहरु को प्रेस विज्ञप्ति




कृष्णनगर, चैत्र १३

कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्र रहेका बिभिन्न मदरसा मस्जिदका अध्यक्ष हरुको संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी ।
विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपालमा समेत सबै नेपाली लाई सावधानी अपनाउन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ।
नेपाल सरकारले दिएको निर्देशन लाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन, मुस्लिम समुदाय मस्जिदमा अजान दिने तर नमाज पढ्नको लागि मस्जिदमा ४ जना मात्र नमाज पढ्ने  भिड भाड न गर्ने र भोलि आउने शुक्रवार को नमाज आ -आफ्नो घर मा पढी नेपाल सरकार ले दिएको निर्देशनको पालन गर्ने आग्रह मौलाना मसहूद खां नेपाली लगायत  समुदाय का जिम्मेवार व्यक्ति हरु ले गरेका थिए ।
कपिलवस्तुको कृष्णनगर नगरपालिक मा रहेको जामिया सिराजुलउलुम अलसल्फिया झन्डानगरका अध्यक्ष समीम अहमद नदवी, ५नं.प्रदेश मदरसा बोर्ड समिती का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, मुस्लिम संगठन नेपाल का अध्यक्ष  सिराज अहमद फारुकी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी,  मदरसा खादिजुलकुबरा का अध्यक्ष अब्दुल अजीम मदनी, जामिया इस्लामिया नाइमिया का कार्यवाहक अध्यक्ष  अब्दुल कलाम खां, मौलाना जमाल हरुको हस्ताक्षर मा प्रेस विज्ञप्ति जारी र हेरा एजुकेशनल एण्ड वेलफेयर सोसायटी शिवराज नगरपलिका का उपाध्यक्ष शैख अरसद मक्की,शैख जैस मक्की लगायतहरु ले प्रेस विज्ञप्ति को समर्थन समेत गरेका थिए|
बरु यस्ताे संकट कालमा नेपाल सरकार ले दिएको निर्देशनको पालना गर्दै यो महामारीको सामना हामी मात्रै होइन बिश्व भरीले गरि रहेको छ। साथ साथै यो रोग बाट बच्नका लागि सरकारले आफ्नो स्तर बाट हुन सक्ने सबै तरिकाले  सहयोग गर्दै आएको भन्ने जस्तो कुरा विज्ञप्ति मा भनिएको छ।


२०७६-चैत्र-१३ गते प्रकाशित

लोकप्रिय

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर उमेश बि.क /नवलपरासी, १४ चैत्र विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध

नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध  उमेश बि.क / नवलपरासी , १३ चैत  विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव दिनानुदिन बढिरहेको

कोरोनाभाइरस: अमेरिकामा 'दुई लाखको मृत्यु हुनसक्ने' ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पको

विशेष अपडेट


भिडियो