अमेरिका ईटली र स्पेन मा एकै दिन कोरना वाट मर्ने को संख्या वढ्दो



टेक्सास

कोरोनभाइरसको संक्रमणबाट स्पेनमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै जनाले ज्यान गुमाएका छन् । मंगलबार जारी गरिएको तथ्याङ्कमा स्पेनमा एक दिनमा थप ७४८जनाले ज्यान गुमाएका हुन् । योसँगै त्यहाँ महामारीका कारण मृत्यु हुनेको संख्या ८ हजार चार चौसठ्टी पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८९१ जना नयाँ संक्रमित फेला परेका छन् । यद्यपि, यो पछिल्लो हप्ताको तथ्याङ्क भन्दा कम हो । स्पेनमा हाल ९५हजार ९१३जना संक्रमित उपचाररत रहेका छन् । महामारीको सुरुवात यता देशमा ९४ हजार ४१७ संक्रमित फेला परेका छन् । अमेरिकामा पनि एकै दिनमा ६ ३८ जना ले आज ज्यान गुमाएका छन् । एकै दिनमा यति धेरै जनाले ज्यान गुमाएको अमेरिकामा पहिलो पटक हो ।

हालसम्म अमेरिकामा ३ हजार ७७९जनाले ज्यान गुमाएका छन् । अमेरिकामा कूल संक्रमितको संख्या सबैभन्दा उच्च १ लाख ८५हजार २सय ७०जना रहेका छन् । अमेरिकामा अप्रिल १५ सम्म संक्रमणको चरम विन्दुमा पुग्ने बताइएको छ । आज ईटली मा ८३७ जना को ज्यान गएको छ भने १ लाख ५ हज़ार ७९२ सक्रिमित भै सकेको छन ! त्यस्तै, इरानमा पनि एकै दिनमा ३ हजार १११ जना नयाँ संक्रमित थपिएका छन् । इरानमा ४४ हजार ६०६ जना संक्रमित फेला परेका छन् । इरानमा पछिल्लो २४ घण्टामा १ सय ४१ जनाले ज्यान गुमाएपछि त्यहाँ मर्नेको संख्या २ हजार ८९८ पुगेको छ ।

हालसम्म १४ हजार ६५६ जना संक्रमितहरु उपचारपछि घर फर्किसकेका छन् भने ३ हजार ७०३ जना को अवस्था चिन्ताजनक रहेको छ । विश्वभर ८ लाख ५० हज़ार कोरोनाभाइरसबाट संक्रमित बनिसकेका छन् भने मृत्युको हुनेको संख्या ४२हजार पुगी सकेको छ ।


२०७६-चैत्र-१९ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै