बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो, सघन उपचार कक्षमा भर्ना



कोरोना भाइरसका लक्षणहरू बिग्रदै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारिएको डाउनिङ्ग स्ट्रिटले जनाएको छ।

एकजना प्रवक्ताले बोरिसलाई उनका चिकित्सकिय टोलीको सल्लाहमा सघन कक्ष सारिएको बताए। बोरिसले त्यहाँ उत्कृष्ट हेरचाह पाइरहेको उनको भनाइ छ।

ती प्रवक्ताले प्रधानमन्त्री बोरिसले विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक परेको ठाउँमा आफ्नोतर्फबाट काम गर्न भनेको बताए।

कोरोना भाइरसको लक्षण देखिएको १० दिनपछि पनि उस्तै लक्षण र ज्वरो देखिएपछि बोरिसलाई उनका चिकित्सकको सल्लाहमा आइतबार लण्डनको सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।मार्च २७ मा कोरोना भाइरसको लक्षण देखिएपछि बोरिसले 'आइसोलेसन'मा बसेर काम गर्दै आइरहेका थिए।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा सोमबार दिउँसो उनको स्वास्थ्य केही बिग्रिएपछि चिकित्सकको सल्लाहमा सघन उपचार कक्षमा सारिएको जनाइएको छ।

बिबिसीमा प्रकाशित समाचारका अनुसार आवश्यक परेको खण्डमा प्रधानमन्त्री भेन्टिलेटरको नजिक हुन सकुन भनेर उक्त निर्णय लिएको हो।


२०७६-चैत्र-२५ गते प्रकाशित

लोकप्रिय

सरावलमा जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण

सरावलमा जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण उमेश बि.क /नवलपरासी ,१५ असार नवलपरासीको सरावल गाउँपालिका अन्तर्गतका दशवटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार

प्रेस युनियनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

प्रेस युनियनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण उमेश बि.क / नवलपरासी ,१३ असार कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल प्रेस यूनियन नवलपरासीले जिल्लाका ६० जना क्रियाशील

अादर्श मा.बि खाेखरपुरामा प्राबिधिक शिक्षा पठनपाठन हुने

अादर्श मा.बि खाेखरपुरामा प्राबिधिक शिक्षा पठनपाठन हुने उमेश बि.क / नवलपरासी,१७ असार पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. १ काे अादर्श मा.बि खाेखरपुराले प्राबिधिक शिक्षा पठनपाठन

विशेष अपडेट


भिडियो