कृष्णनगर नगरपालिका वडा नं ३मा राहत वितरण शुरु




शहबाज खान, कपिलवस्तु , चैत्र २

कपिलवस्तुको कृष्णनगर नगरपालिका  वडा नं. ३ मा राहत बितरण हुने चामल गुणस्तरीययुक्त रहेको छ। आज बसेको सर्वदलिय वडा प्रतिनिधी र वडा सदस्यको बैठकले राहत वितरण कार्य शुरु गर्नका लागि बैठकले निर्णय गरि वितरण कार्य शुरु गरेको नेकपा का वडा नं. ३ समिती सचिव साजिद अलि मुसलमानले बताए ।  अनुसूची १ को फर्म भारी ६९ घर परिवार मा मंगलवारका दिन राहत सामग्री वितरण गरि बितरण कार्य सुरु गरेको वडा नं.३ का वडाध्यक्ष सगीर अहमद खां ले  बताएका छन्। फार्म भर्नको लागि वडा सदस्य र जनप्रतिनिधि समेत खटीएको बताउनु भयो। नगरपालिकाभित्र छनाैटमा परेका दैनिक ज्यालादारी मजदुर , विपन्न घरपरिवारलाई ३० केजी चामल, ३ केजी दाल,२ केजी नुन,२ केजी चिनी ३०० ग्राम साबुन राहत बितरण गर्ने वडाध्यक्ष खां ले बताए।उक्त सर्बदलिय बैठकमा वार्ड सदस्य पुजारी लाल बढंई, अशर्फी तेली, किरन पटेल, पारस नाथ लोनिया, समाजिक परिचालक अब्दुल्ला खां, ईप्रका कृष्णनगरका प्रतिनिधी लिला बहादूर बोहरा, नेकपाका प्रतिनिधि साजिद अलि मुसलमान,नेपाली काँग्रेसका प्रतिनिधि अब्दुल मजिद, समाजवादी पार्टी का प्रतिनिध जगमोहन बरई, राप्रपाका प्रतिनिधि रामदिन जयसवाल, कृष्णनगर नगरपालिकाका कार्यपालिका सदस्य ज्योति कोरी समेतको उपस्थित रह्यो।


२०७७-बैशाख-२ गते प्रकाशित

लोकप्रिय

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल

  ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न! खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न? किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि जाेताराे

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र; वडा अध्यक्षको ज्यान मार्ने प्रयास

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र;  वडा अध्यक्षको ज्यान मार्ने प्रयास पाल्हिनन्दन/ ०७ भाद्र  पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश

ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा

टेक्सास गए मध्यरातबाट अमेरिकि सरकारले दिने भनिएको  ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा हुने क्रम सुरू भएको छ !राहत रकम १२०० डलर, २४०० डलर र प्रति बच्चा ५०० थपका दरले