ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा


आम्दानि अत्यन्तै कम भ​एका ब्याक्ति एबम परिवार डिपोजिटको पहिलो प्राथमिकतामा


टेक्सास

गए मध्यरातबाट अमेरिकि सरकारले दिने भनिएको  ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा हुने क्रम सुरू भएको छ !राहत रकम १२०० डलर, २४०० डलर र प्रति बच्चा ५०० थपका दरले तपाइहकू बैङ्कमा जम्मा भै रहेको छ नपत्याए आफ्नो खाता चेक गर्नु त आम्दानि अत्यन्तै कम भ​एका ब्याक्ति एबम परिवार डिपोजिटको पहिलो प्राथमिकतामा पर्नु भएको छ भने । क्रमश हप्तादिन भित्रैमा जो जो आम्दानिको थ्रेसहोल्ड लिमिटेसनमा पर्नेजतिले सबैले पाउने छन। तर, जस जसको बैङ्क खाता उपलब्ध छैन, खाता छैन तिनले भने चेकका लागि थप अर्को हप्ता कुर्नु पर्ने सामाजिक अभियान्ता सानु वावु सिलवाल जानकारी दिए ।

आन्तरिक राजश्व सेवा (आइआरएस) ले करोडौ अमेरिकी नागरिकलाई राहत चेक पठाउन लागिरहेको समयमा अमेरिकी अर्थ मन्त्रालयले आइआरएसलाई चेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम समेत प्रिन्ट गर्न आदेश दिएको छ । राहत चेकमा राष्ट्रपति ट्रम्पको नाम प्रिन्ट गर्दा चेक पठाउन केही दिन ढिला हुने सीएनएनले उल्लेख गरेको छ । यो निर्णय अप्रत्यासित रुपमा सोमवार मात्रै भएको वताइएको छ । पेपर चेक प्राप्त गर्नेहरुले मात्रै राष्ट्रपति ट्रम्पको नाम उल्लेख भएको चेक पाउनेछन् तर सोझै वैंकमा जम्मा हुनेहरुको सवालमा भने यो लागु हुने छैन । यसअघि आइआरएस मार्फत प्राप्त हुने कुनै पनि कोषमा राष्ट्रपतिको नाम वा सही उल्लेख गर्ने प्रचलन थिएन ।

Image may contain: Sanu Babu Silwal

सिलवाल ले आफ्नो फेसवुक स्टाटश मा दिएको जानकारी अनुसार अमेरिकि सरकारले अमेरिकि करदाता ब्याक्ति एवम परिवारका लागि दिन लागिएको १२०० सय एबम २४०० सय प्लस रकम धेरै दाजुभाइदिदि बहिनिहरुको चासो र उत्सुकता एबम जिज्ञासा सहित सोधिरहनु भ​एको छ खै त जम्मा भ​एन त? १३ तारिख मध्यरातबाट अमेरिकि ट्रेजरि डिपार्टमेन्टले बितरण गर्न थालिसकेको छ। तपाइको खातामा कुनै पनि बेला उक्त रकम देखिन सक्छ। अप्रिल १८ सम्ममा पनि जम्मा भ​एन भने आइ आर एसले अप्रिल १७ मा तपाइको मोबाइल फोनमा हेर्न सकिने एप बाहिर ल्याउदैछ। उक्त एपमा तपाइले आफ्नो सोसियल सेक्युरिटि राखेपछि तपाइले पाउने उक्त रकम कुन अबस्थामा छ देख्न र जान्न सकिनेछ। तर​, तपाइले कर दाखिला गर्दा बैङ्क एकाउन्ट दिनु भ​एको छैन भनेचाहि तपाइको ठेगानामा चेक आइपुग्न थप अर्को ३ हप्तासम्म लाग्न सक्छ। राहतको मापदन्डमा परेका करदाता अमेरिकन एबम उक्त मापदन्डमा परेका ब्याक्ति एवम परिवारलाइ उनिहरुका ठेगानामा चेक तलमाथि फ्रड नहोस भनेर बिभिन्न एलर्ट जानकारि आइ आर एसले गराएको छ। 

 


२०७७-बैशाख-३ गते प्रकाशित

लोकप्रिय

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

  कृष्णनगर, वैशाख २५   कपिलवस्तुको कृष्णनगर  तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। हेरा

सरावल गाउँपालिकामा अक्सिजन सहितको ५ शैया आइसोलेशन कक्ष

उमेश बि.क / नवलपरासी ,२३ बैशाख  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

विशेष अपडेट


भिडियो