क्यालिफोर्नियाले कागजपत्रविहिनलाई पाँचपाँच सय डलर दिने



क्यालिफोर्नियाले कोराना महामारीबाट प्रभावित कागजपत्रविहिनका लागि १२५ मिलियन डलरको कोष घोषणा गरेको छ । हरेक कागजपत्रविहिनलाई ५ सय डलरका दरले राहत प्रदान गरिने क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घोषणा गरेका छन् । यो रकम झण्डै डेढलाख कागजपत्रविहिन बयस्कहरुले प्राप्त गर्नेछन् ।

कागजपत्रविहिनहरुले संघीय सरकारकाले प्रदान गर्ने १२ सय डलरको राहतबाट लाभान्वित नहुने तथा बेरोजगारी बिमाबाट समेत उनीहरुले रकम प्राप्त गर्न नसक्ने भएकाले यो व्यवस्था गरिएको गभर्नरले जनाएका छन् । राज्यको झण्डै १० प्रतिशत जनशक्ति कागजपत्रविहिन रहेको र उनीहरुले गतबर्षमात्र राज्य तथा स्थानीयरुपमा साढे २ बिलियन भन्दा बढी कर तिरेकाले उनीहरुप्रति पनि आफ्नो दायीत्व रहेको गभर्नरको भनाई छ ।

करदाताको ७५ मिलियन र परोपकारीसंस्थाको ५० मिलियन गरी १ सय २५ मिलियनको राहतकोष बनाइने भएको छ । केही परोपकारी संस्थाले साढे ५ मिलियन डलर सहयोग गरिसकेका छन् । रकम आम्दानीको आधारमा वितरण नगरिने र व्यक्तिगत सुचना पनि आवश्यक नहुने गभर्नरले बताएका छन् ।

क्यालिफोर्निया कागजपत्रविहिन आप्रवासीहरुका लागि विशेष रुपमा उदार रहदै आएको छ । गतबर्षमात्र क्यालिफोर्नियाले २५ बर्षभन्दा कम उमेरका कम आम्दानीभएका कागजपत्रविहिनलाई स्वास्थ्य सुविधा ल्याएको थियो । यो बर्ष गभर्नरले उक्त सुविधा ६५ बर्षमाथिका कागजपत्रविहनलाई पनि दिलाउन प्रस्ताव गरेका थिए ।


२०७७-बैशाख-५ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत

नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत उमेश बि.क / नवलपरासी ,१९ जेठ नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् । सरावल गाउँपालिका वडा नं.४ मंगलापुर निवासी ४ वर्षीय