अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा किसानका लागि राहत घोषणा



 संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन्। कोरोनाभाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पु¥याउने उद्धेश्यले उनले राहतको घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले १९ अर्ब अमेरिकी डलर बराबरको राहत शुक्रबार घोषणा गरेको समाचारमा जनाइएको छ । कुल १९ अर्ब अमेरिकी डलर मध्ये १६ अर्व अहिले नै किसानहरुलाई वितरण गरिने र बाँकी तीन अर्ब खाद्यान्न वितरणका लागि बचत गरिने उनले बताए।

“आज मैले यो घोषणा गर्न चाहन्छु कि, हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागु गर्नेछ,” ट्रम्पले भने ।  उनले राहतबाट किसानहरुलाई संकटबाट मुक्त हुन सानो भएपनि सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन् ।

शुक्रबार ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले किसानहरुलाई सिधै राहत दिने र खाद्य पदार्थ संचय गर्नका लागि राहत दिने व्यवस्था गर्न लागिएको जानकारी दिए । उनले कोरोना भाइरसको संक्रमणका कारण प्रभावित ८ करोड अमेरिकीहरुले राहत रकम पाएको पनि बताए ।


२०७७-बैशाख-७ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै