वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठद्धारा भित्तेपात्रो विमोचन



चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले हरेक नयाँ बर्षमा भित्तेपात्रो प्रकाशन गरे सँगै नयाँ बर्ष २०७७ को भित्तेपात्रोको पनि विमोचन गरेको छ । भरतपुरमा एक कार्यक्रमका वीच पत्रिकाले भित्तेपात्रो बिमोचन गरेको हो । सो भित्तेपात्रो वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठले गर्नु भएको थियो । विमोचन पछि बोल्दै श्रेष्ठले यस्तो बिषम परिस्थितिमा पनि पत्रिकाले भित्तेपात्रो प्रकाशन गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहांँले विगत देखि नै स्थानीय स्तरमा पाठकको मन जित्न सफल यस पत्रिकाको सफलताको कामना गर्नुभयो । सो क्रममा बोल्दै पत्रिकाका महाप्रबन्धक हरि कार्की "लक्की" ले लकडाउनको कारण नयाँ बर्षमा अधिकांश संस्थाले भित्तेपात्रो प्रकाशन गर्न नसकेपनि पत्रिकाले आम पाठक, विज्ञापनदाता, शुभचिन्तकको लागि दायित्व निर्वाह गरेको बताउनुभयो । आगामी बर्षमा समेत आफ्ना नियमित प्रकाशनलाई निरन्तरता दिने बताउंँदै कार्कीले सधै आफ्ना पाठक, विज्ञापनदाता र शुभचिन्तकको साथ सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा भित्तेपात्रो बिमोचन संगै नयाँ बर्ष २०७७ सालको शुभकामना समेत आदानप्रदान गरिएको थियो । पत्रिकाका महाप्रबन्धक हरि कार्की "लक्की"को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठक (जे.पी.) ले सन्चालन गर्नुभएको हो ।


२०७७-बैशाख-९ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै