किन कठिन छ अमेरिकामा बच्चा जन्माउन र हुर्काउन​? -सानुबाबु सिलवाल​



Image may contain: Sanu Babu Silwal

अमेरिकामा एउटा नयाँ बेबिले जन्मे पछि बर्ष दिन भित्रमा मात्रै २ हजार ७ सय ८८ वटा डाइपर फेर्दो रहेछ सरदर​।
जन्मेको दिनदेखि महिना दिनसम्ममा दैनिक १० देखि १२ वटा डाइपरका दरले महिना दिनसम्ममा ३ सय २० डाइपर​, १ देखि ५ महिनासम्मको हिसाबकिताब गर्दा दैनिक ८ देखि १० वटाका दरले मासिक ८७०, त्यसैगरि ५ देखि ९ महिनासम्म दैनिक ८ वटाका दरले ८ सय ७० र ९ देखि १२ महिनासम्म दैनिक ८ कै दरले ७२८ डाइपर खर्च हुने रहेछ एउटै बेबि अर्थात एक मात्र बच्चाको लागि।

असाध्यै सस्तो ग्रोसरि पसलमा डाइपर किन्दा पनि सरदर महिनामा ५० डलर देखि १२० डलर र मध्यम एबम महङ्गै पसलमा किन्दा १४० डलर देखि २१० डलरसम्म खर्च लाग्ने रहेछ मासिक डाइपरका लागि मात्रै। यो सरदर १३० डलरका दरले १२ महिनामा डाइपरका लागि मात्रै झन्डै १५ सय ६० डलर आर्थिक प्रेसर पर्ने रहेछ​।

यसको पनि ग्रोसरि पसल वा अन्य पायक पर्ने कन्भिनियन्स पसलहरुमा मुल्य फरक फरक र ब्रान्ड अनुसार फरक रकम पर्ने हुन्छ​।

यो त एक बेबिको लागि दैनिकि र बार्षीकि लाग्ने डाइपरको सख्या र लागत भ​ए। यत्तिले मात्रै कहा धर पाइयो र​? डाइपर पछि बेबिका लागि आबश्यक अन्य बस्तु एबम चिजहरुको बन्दोबस्ति जुटाउदा अर्को ठुलो खर्च छ अर्कोतिर​। डिस्पोजेबल डाइपर​, बेबि पाउडर​, बेबि लोसन​, पुछ्ने बस्ति वाइप्स​, डाइपर क्रिम​, वेटवास क्लोथ​, पलास्टीक ब्याग र स्यानिटाइजर जस्ता बस्तुहरुको जोरजाम र खर्च एकमुष्ठ राख्दा थोरैमा मासिक ३०० सय डलरका हिसाबले बार्षीक ३ हजार ६ सय डलर लाग्ने रहेछ​। यसका साथमा बेबिका लागि कपडा, जुत्ता, रुमाल​, टोपि, चोसो तातो बन्दोबस्ति आदि इत्यादिका लागि अर्को थप ३ हजार डलर बार्षिक सरदर लाग्दछ नै लाटो हिसाबमा पनि।

अब रह्यो अमेरिकामा धेरैजसो आमाहरु बच्चा बेबि जन्मेपछि आमाको नेचुरल दुध खुवाउदैनन​। केहि दिन वा हप्ता पछि नै बेबि फर्मुला दुध पाउडर र झोललाइ बेबि बोटल्मा राखि खुवाउने हुदा यो बेबि फर्मुला अत्यधिक प्राक्टिसमा छ यहाँ। कहाँ सस्तो छ र यो? ग्रोसरि ठुला पसलहरुमा एक क्यान पाउडर वा झोल क्यानलाइ कम्तिमा १५ डलर देखि अन्य सानातिना स्टोरहरुमा एकै क्यानलाइ २५ डलरसम्म पर्ने हुन्छ भने साना क्यानहरुलाइ ८ देखि ११ डलर प्रति क्यान मुल्य पर्ने हुन्छ​। एक क्यान चार दिनसम्मका लागि एक बेबिका लागि काफि हुने हुदा महिनामा बढिमा ८ क्यानको हिसाब मात्रै गर्दा १६० डलर मासिक र बार्षिक १९२० डलर सिधै पर्ने देखियो मात्र एक बेबिलाइ फर्मुला मिल्कका लागि मात्रै। यसका साथमा बेबिको उमेर महिना अनुसार चाहिने बेबि जुस​, बेबि फ्रुट​, बेबि भेजिटेबल​, बेबिका लागि अन्य खाध्यान्नका लागि अर्को ३ हजार डलर लाग्ने हुन्छ सरदर बार्षीक रुपमा।

यसमा बेबि बोटल​, बेबि कार सिट​, बेबिका लागि मेडीसिन वा अन्य भैपरि को पे अस्पताल गर्दा अर्जो हिसाब छुट्टै हुन सक्दछ​।
तर​, वर्किङ्ग क्लासका सिङ्गल ममि, सिङ्गल ड्याडी, परिवार र गरिब एबम न्युन आय भ​एका अमेरिकनहरुका लागि बेबि एबम बेबिको केयर गर्ने ममि वा ड्याडि वा ममि ड्याडीहरुका लागि अमेरिकन सरकारको ठुलो सहयोग र राहत हुने गर्दछ नत्र भने अमेरिकामा बेबि जन्माउन र हुर्काउन ठुलै सकस हुने गर्दछ आर्थिक हिसाबले। अमेरिकन सरकारले सक्ने र कमाउनेहरुसङ्ग कर असुलेर यस्तै बिपन्न एबम सहयोग र राहतका आबश्यक परिवारका लागि दिने गर्दछ​। फुडस्ट्याम्प विक भौचर एबम कहिलेकाहि नगद स्वरुप नै यस्ता परिवार एबम बेबि र तिनका ममि ड्याडीहरुलाइ बेनेफिट दिने गर्दछ​। यसखाले सरकारि राहतले पनि ठुल्लै सख्यामा अमेरिकनहरु लाभावान्वित हुदै आइरहेका छन अमेरिकामा।

यु एस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार एउटा बेबि बच्चा जन्माएर १८ बर्षसम्म हुर्काउदा ममि वा ड्याडी वा ममि ड्याडी मध्यम एबम वर्किङ्ग क्लास अमेरिकनले सरदर २ लाख ४५ हजार ३ सय ४० डलर खर्चिने रहेछन तर अमेरिकाको साउथ भागमा यहि खर्च २ लाख ३० हजार ६ सय १० डलर खर्च लाग्ने रहेछ मतलब अलि कम​। तर अमेरिकन ग्रामिण कन्ट्रि साइडमा एक बेबि जन्माएर १८ बर्षसम्म हुर्काउदा जम्मा सरदर १ लाख ९३ हजार ५ सय ९० डलर लाग्ने रहेछ औसत खर्च भने उत्तर पुर्बि शहरि भेगमा भने अलि बढी २ लाख ८२ हजार ४ सय ८० डलर खर्च लाग्ने रहेछ सरदर​। यो खर्च भनेको एक वर्किङ्ग क्लास परिवार र सिङ्गल मम र ड्याडको झन्डै १५ बर्ष भन्दा बढिको कमाइ र सेभिङ्ग भन्दा हुन्छ​।

अमेरिकामा यत्तिले मात्रै बच्चा जन्माउने र हुर्काउने कर्म कान्ड पुरा हुदैन​। सिङ्गल मम र सिङ्गल ड्याड मात्रै नभ​एर सयुक्त एबम जोडिका लागि पनि सकस पुर्ण छ जिन्दगि बच्चा जन्माएर र हुर्काउन​। काम नगरे कहाबाट बिल तिर्ने, कहाँबाट घरको मोर्गेज तिर्ने, कहाबाट गाडीको मासिक इन्सटलमेन्ट भुक्तानि गर्ने? कहाबाट बिमा तिर्ने? कहाबाट ग्रोसरि लगायत युटिलिटी पेमेन्ट बुजाउने? काम गर्न जानै पर्यो। के गर्ने सानो नाबालख बच्चा? अमेरिकामा बच्चा जन्मेर १६ बर्ष नपुगेसम्म एक जना अभिभावकले कानुनि रुपमै छोड्न मिल्दैन​। मतलब कुनै तरिकाले बच्चा एक्लै छोडेको पाइए आमा,बाउ जेल नै जान सक्दछन​। उस्तै परे अमेरिकन सरकारको सोसियल डिपार्टमेन्ट डी एस एसले बच्चा लगिदिन्छ​। यसो भ​एमा बाउ आमाले १८ बर्षसम्म बच्चा हेर्न र घरमा ल्याउन पाउदैन​। बच्चा फोस्टर केयरमा पठाइ दिनसक्दछ​। कसैले बेबि एडप्ट गरेमा बच्चाको थर पनि फोस्टर प्यारेन्ट मुताबिक हुनसक्दछ​। त्यसैले बच्चालाइ हिसा गर्ने, केयर नगर्ने, हिसा गर्ने घर​, बच्चाका अगाडी अनैतिक गतिबिधि भ​एमा बच्चाले कुनै कारणबस प्रहरि, लेगल कानुनि निकाय वा स्कुलमा सुनाइदियो भने आबुआमा जेल जान सक्दछन र १८ बर्षसम्म बच्चालाइ आउ आमासङ्ग छुटाएर राखिदिन सक्दछ​।

बाउ आमा काममा जानु पर्यो, बच्चा एक्लै छोड्न पाइएन अब के गर्ने? यस्तो अबस्थामा बच्चालाइ केयर होम​, केयर सेन्टरमा छोड्न सक्दछन बेलुकि नफर्केसम्म​। यसको अलावा छुट्टै बेबि सिटर राख्न सकिन्छ तर यो महङ्गो हुन्छ​। कहिलेकाहि त कमाएको भन्दा बेबि सिटरको ज्याला महङ्गो परिदिन्छ​। यस्तो अबस्थामा बेबिको बाउ र आमाको सयुक्त कमाइ नभ​एमा केयर होम वा बेबि सिटरलाइ मात्रै ठिक्क हुनसक्दछ​।
गरिब एबम केहि वर्किङ्ग क्लास वा अन्य तल्लो तहका अमेरिकनहरु बेबि ड्याडीबाट बेबि बनाउने बेबि ड्याडी वा बेबि ममि मध्ये कुन चाहिले बेबि केयर गर्दछ उसैलाइ हप्ता वा मासिक बेबि चाइल्ड सपोर्ट तिर्नु पर्ने हुन्छ​, नत्र जेल जानु पर्ने हुन्छ​। चाइल्ड सपोर्ट नतिर्नेलाइ ठुलो अपराध मानिन्छ अमेरिकामा र कार्वाहि सजाय पनि ठुलै छ यस मामलामा। अन्यथा बेबिको नाममा अमेरिकन सरकारबाट भत्ता र राहत बटुल्यो मासिक​, खायो बस्यो धेरै गरिबहरुका दिनचर्या यसैगरि बित्दछ अमेरिकामा।

अमेरिकामा उदाहरणकै लागि बेबि केयर फुलटाइम केयर जस्तै मिसिसिपि राज्यमा बर्षको झन्डै ५ हजार ४ सय ९६ डलर पर्द्छ भने यहि बेबि सिटिङ्ग बेबि केयरका लागि बर्षमा मिसिसिपि भन्दा झन्डै ३ गुणा बढि १६ हजार ५ सय ४९ डलर पर्ने रहेछ म्याच्याच्युसे राज्यमा । भनेपछि कसरि थेग्नु यत्रा खर्च बेबि जम्नाउदा र हुर्काउदा। अझै अमेरिकन सरकारले बच्चा र आमाको आगि मेडिकेडको ब्यबस्था गरिदिएको छ नत्र के हालत हुने थियो अमेरिकन सरकारको राहत र बेनेफिट नहुदो हो भने। अब त झन आप्रबासिहरुका लागि अब आइन्दा सरकारि बेनेफिट लिएको पाइएमा तिनले बाहिरबाट आफ्ना परिवारका सदस्यहरुलाइ अमेरिका ग्रिन कार्डमा ल्याउन नपाउने गरि निषेधित निति अगाडी सारिसरेको छ​। यसबाट काम गरि खाने र काम नगरि खाने दुबै नेपालि मर्कामा पर्ने भ​ए अमेरिकामा। यो सकसपुर्ण र महाभारत बच्चा जन्म र हुर्काइ एबम अमेरिकन सरकारको तारो थेग्न मुश्किल हुन सक्दछ अबको जनजिवन​।


२०७७-बैशाख-२० गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै