लक डाऊनको अवज्ञा गर्दे अरवौ कुम्लाऊन खोज्दै रा खे प सदस्य सचिव सिलवाल !! पुराना निर्माण को भुक्तानि दिदै कमिशन वुझ्दै !! खरिदै नभएका खेल सामाग्री र निर्माण मा भुक्तानि दिदै परिषद !!!



क्रिकेट रगशाला वनाऊन चन्दा उठाऊदै धुर्मस सुन्तली तर अरवौ को रक़म भष्ट्रचार गर्ने खेल पदाधिकारी को ढाकछोप गर्दै मिडिया 

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको दोस्रो दिन पत्रकारहरुसँग भनेका थिए, ‘आम्दानी कति भयो? खर्च कति भयो? नब्बे दिनभित्र सार्वजनिक गर्छु। एउटा पदकका लागि खेलकुद परिषद्ले कति रकम खर्च गरेको रहेछ। हिसाबकिताब गर्नुहोला।’२०७६ मंसिर अन्त्यमा जनाएको प्रतिबद्धताअनुसार गत फागुनभित्रै खर्च विवरण सार्वजनिक भइसक्नु पर्ने हो। साग २०७६ मंसिर २५ गते सम्पन्न भएको थियो। सिलवाल स्वयंले तोकेको समय सीमा नाघेको छ लक डाऊन मा सदस्य सचिव सिलवाल लाई अरवौ को घोटला मिलाऊने सु अवसर भएको छ !

क्रिकेट रगशाला वनाऊन चन्दा उठाऊदै धुर्मस सुन्तली तर अरवौ को रक़म भष्ट्रचार गर्ने खेल पदाधिकारी को ढाकछोप गर्दै मिडिया कर्मी ! मुख मा वुझो लागे पछि आफ्नो धर्म पनि निभाऊन छोडेर निदाएका छन हिजो पैठो वारी खेल्ने मिडिया कर्मी।नेपाल को ख़ेलकुद को विकास को लागि सामाजिक अभियान्ता लागि रहदा खेलकुद का पदाधिकारी लुट्न अधि परेका छन ! यीन लाई लाज घिन केही छैन पुर्वाघार विकास मा योजना वनाऊन नसक्दा आज सामाजिक अभियान्ता खेलकुद को नाम मा भिख माग्नु पर्ने अवस्था आएको छ भने यी नालायक़ हरू राज्य कोष लकडाऊन मा यसरी दोहोन गरि रहेका छन !!!

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सिलवालले गतवर्ष असार २३ गते सदस्यसचिवको पदभार ग्रहण गर्दा सुशासन र आर्थिक पारदर्शिता आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका थिए। आफैँले तोकेको समय करिब २ महिना घर्किसक्दा पनि खर्च विवरण सार्वजनिक नहुँदा उनको आर्थिक पारदर्शिताबारे गम्भीर प्रश्न उब्जिएको छ।

सदस्य सचिव नियुक्त भएपछि सिलवालले राखेपको वर्षौदेखि बाँकी रहेको पेस्की उठाउन तदारुकता देखाएका थिए। त्यतिबेला उनले पैसा तत्काल भुक्तान गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सागको खर्च विवरण समयमै नदिनेप्रति भने उनी मौन छन्।

‘हामीले खर्च विवरण बुझाउन भनि सूचना पनि निकालेका थियौं,’ सदस्यसचिव सिलवाल भन्छन्, ‘पहिलेदेखि कै ढिलासुस्ती गर्ने बाँनीले अप्ठारो पार्यो।’ बजेट अन्तिम चरणमा रहेको भन्दै छिट्टै सार्वजनिक गर्ने उनले दाबी गरे। 

उनले भने, ‘अझै केही समय कुर्नुपर्ने हुन्छ। अहिले बजेटको अन्तिम चरणको काम भइरहेको छ त्यो सकिनासाथ केही दिनमा खर्च विवरण सार्वजनिक गर्छौं। लकडाउन लम्बियो भने लकडाउनकै बीचमा गर्छौंभनेर नेपाल खवर मा उनले वताए पनि माखो मार्ने लक्षण पनि देखाएका छैननन ! सदस्य सचिव नियुक्ति हुदा भनेका थिए , ‘म जागिर खानको निम्ती राखेपको सदस्यसचिव बनेको होइन । प्रधानमन्त्री र मन्त्रीले मलाई खेलकुदमा केही गर्दै शिर अझ उच्च बनाएर बाँच्नको लागि अनुरोध गरेपछि आएको हुँ । खेलकुदको विकास गर्न म यहाँ आएको हुँ ।’भनेर छाती फुलाए पनि आज सरकार का केही मन्त्री र यस्तै भष्ट्र कमिशन खोर का कारण दिन प्रति दिन सरकार जनता को नज़र मा गिर्दै गएको छ !!

सार्वजनिक खरिद ऐनलाई उनले कही परिपालन गरेको देखिदैन लाखौ को सामग्री सोझै विना प्रतिस्पर्धा खरिद गर्ने गरिएको स्रोत को दावी छ ! क़रार मा कर्मचारी नियुक्ति गर्ने र म्याद थप समेत गरि रहेको वुझिन आएको छ !

सदस्य सचिव सिलवाल को खेल क्षेत्र प्रवेश लाई हिजो को उनको गति विधी लाई राम्रो रूप मा लिईदैन !! गोल्डेनगेट का प्राचार्य भै शिक्षा क्षेत्र मा प्रश्न पत्र कान्ड मच्याएको शैक्षिक माफ़िया को रूप मा लिने गरिन्छ !

केही आर्थिक का कर्मचारी र प्रशासन विभाग का भष्ट्र कुलवहादुर थापा को सकृयता वढेको स्रोत ले वताएको छ ! थापा को नियुक्ति को विषय परिषद मा पटक पटक विवाद आए पनि उनी अझै वडा हाकिम भै परिषद मा फुर्ती फार्ती देखाई रहेका छन ! खेलकुद का जानकार भन्छन उनले अकुत सम्पति जोड़ेको र उनको सम्पति कमाएको स्रोत देखाऊन केही व्यवासय गरेको देखाऊने गरेको कहिले काही सोसल मिडिया मा फ़ोटो हाल्ने गरेको भन्छन !!

लक डाऊन मा कार्यालय संचालन गरेर विभिन्न भुक्तानी दिई लाखौ लाख कमिशन लिई रहेको खुलेको छ ! केही भष्ट्र स्वाभाव का कर्मचारी को सहयोग मा यो कार्य गर्न उनलाई सजिलो भई रहेको सजिलै अनुमान गर्न सकिन्छ ! कर्मचारी को तलव वा अन्य सुविधा लिदा निम्न रू एक सय पनि नछोड्ने कर्मचारी अहिले लेखा प्रमुख भएका ले उनलाई समेत यो समय दशै आएको छ स्रोत ले दावी गरेको छ !!!

रा खे प वोर्ड वैठक नगर्नु , दक्षिण एसियाली खेलकुद मा कर्मचारी प्रशिक्षक लाई राष्ट्रीय प्रतियोगिता मा जति पनि सुविधा नदिदा त्यस समय मा खटिने खेल प्रशासकले हाल सम्म पनि सुविधा लिन वन्चित छन यस प्रति सिलवाल अनुदार भएको स्रोत को दावी छ !

को हुन त कुलवहादुर थापा !!!

उनी तत्कालीन रा खे प को पदाधिकारी को सचिवालय मा काम गर्ने कर्मचारी को रूप मा परिषद मा छिरेका हुन ! उनको परिषद मा नियुक्ति नै छैन भन्ने वुझिन्छ ! तर उनलाई काम काज लगाईएको भरमा पदकायम गरिएको छ र पहिलो नियुक्ति को विवाद अख़्तियार र उनको सम्पति शुध्दिकरण आयोग मा मुद्दा चलेको भनिन्छ पावर र पैसा को भरमा उनी माथी को कारवाही अगाडी वढ्न सकेको छैन !!!कुल वहादुर थापा राखे प मा हाल वरिष्ठ अधिकृत को रूपमा कार्यरत छन उनको हैसियत आठौ दक्षिण एशियाली खेलकुद को संचालन पछि एकाएक परिवर्तन भएको हो ! नेपालमा आयोजना भएको पाचौ राष्ट्रीय खेलकुद मा यिनले निकै भष्ट्रचार गरेका छन भन्छन जानकार हरू ! सदस्य सचिव किशोर वहादुर सिह हुदा यिनले राजदरवार र तत्कालिन सदस्य सचिव लाई खुशि पार्न परिषद तल माथी भित्र वाहिर जय जयकार गर्दे गरेको धैरे फोटो राख्ने काम यिनै वाट भएको हो भनिन्छ अहिले उनेको घर तिनै फोटो हरू ले सजिएको छन रे !!! पछि तिनै थापा काचुली फेर्दे ०६२/६३ को जन आन्दोलन पछि सदस्य सचिव जीवन राम श्रेष्ठ लाई विवाद मा ल्याऊने काम पनि यिनै वाट भएको भनिन्छ योग्यता नपुगेको ५ कर्मचारी वढुवा गरेर मोटै रक़म लिएको परिषद मा हल्लै छ ! पाचौ छैटौ सातौ खेलकुद मा समारोह विज्ञ को रूपमा चिनाऊदै अतास वाजी खरिद मा ठुलै रक़म हिना मिना गरेका छन परिषद मा अवैध तरिका वाट नियुक्ति पाई रज़ाई गरेका कुलवहादुर थापाले अहिले आफ्नो अवैध सम्पति लुकाऊन र उनले अहिले तरकारी खेती र माछा पालेको देखाएर उम्कने प्रयास गरेका छन तर परिषद मा यस्ता धैरै कर्मचारी छन २० वर्ष मा खेलकुद वाट उनी हरू को कायापलट भएको सहजै देख्न सकिन्छ त्यो मध्येको एक हुन कुल वहादुर थापा !!!!यदि परिषद मा कार्यरत कर्मचारी हरूको सम्पति न्यायिक छानविन हुने हो भने ३ दर्जन कर्मचारीहरू कारवाही दायरा मा आऊन सक्ने स्रोत ले वताएको छ !!!!यी महिला दिदी वहिनी विच नराम्रो नज़र वाट हेर्ने र चरित्र पनि सहि नभएको स्रोत ले दावी गरेको छ ! खेल क्षेत्रमा यस्ता वदनामी कर्मचारी र पदाधिकारी हरू को कारण नेपाल को ख़ेल विकासका वाधक हुन सवै लाई चेतना भया !!!

यीविचमा वस्ने हुन त कुलवहादुर थापा !!!

 


२०७७-बैशाख-२५ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै