सञ्चारकर्मी तथा गीतकार सुष्मा देवकोटाको नयाँ गीत 'मुग्लानी छातीमा देश दुख्छ' सार्वजनिक



गीतकार देवकोटाको देशभक्ती गीत 'मुग्लानी छातीमा देश दुख्छ' गायक तथा संगीतकार राज सागरको संगीत र स्वरमा यूएस खबर नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक

सञ्चारकर्मी तथा गीतकार सुष्मा देवकोटाको नयाँ गीत 'मुग्लानी छातीमा देश दुख्छ' सार्वजनिक भएको छ । गीतकार देवकोटाको देशभक्ती गीत 'मुग्लानी छातीमा देश दुख्छ' गायक तथा संगीतकार राज सागरको संगीत र स्वरमा यूएस खबर नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

उद्धव सिलवाल प्रोडक्सनले बजारमा ल्याएको यस गीतमा देशको बर्तमान अवस्थालाई चित्रण गरेको छ जसले सिंगो नेपाल र नेपालीको बर्तमान अवस्थालाई संबोधन गरेको छ । मुग्लानमा रहेको लाखौं नेपालीको पिडा, राजनितीक कालखण्ड, गरिवी, बिभिन्न प्रकृतिक बिपत्ती, हत्या हिंसा बलत्कार लगायतका बिभिन्न बिबिध बिषयलाई उठान गरिएको यस गीतको संगीत संंयोजन संजीव बराईलीले गरेका हुन् ।
करिव एक दशक देखी संचारकर्ममा रहेकी यस गीतकी गीतकार सुष्मा देवकाटा हाल अमेरिकाबाट संचालित नेपाली अनलाईन पत्रिका यूएस खबर डटकममा कार्यरत छिन् । कोरोना सन्त्रासको समय सार्वजनिक भएको यस गीतले नेपाल र नेपालीले भोग्दै आएका श्रृंखलाबद्ध घटना र विवसतालाई प्रस्तुत गरेको छ ।
आफैं सञ्चारकर्ममा रहेकाले उनि यो गीतमा एउटा पत्रकारको नजरमा यो युगको नेपाललाई देखाईएको छ । त्यसैले पनि गीतमा समाचार अखबार जस्ता शब्दहरुको प्रयोग भएको छ ।

पछिल्लो पुस्ताकी कवि तथा कथाकार देवकोटाका यस अघि चोखो माया (एल्वम) तराना (एल्वम) रंगीयो तिजले (एल्वम) माई लभ (चलचित्र)लगायतमा उनका गीतहरु समाविष्ट छन् भने 'खोजिरहेछु', 'भेलबेटको चोली', 'पिरती लाएको बर्ष 'लगायतका गीतहरु सार्वजनिक छन् । लामो समय देखी गायक तथा संगीतकार राज सागरसंग सहकार्य गर्दै आएकी देवकोटा र राज सागरको यो गीत आठौं गीत हो ।
राज सागर पछिल्लो दशकका लोकप्रिय युवा गजल गायक हुन् । दर्जनौं गीत र गजलमा संगीत र आवाज भरेको उनि बिशेषत साहित्यकर्ममा रहेकाहरुसंग सहकार्य गर्दै आएका संगीतकर्मी हुन् ।

 


२०७७-बैशाख-२९ गते प्रकाशित

लोकप्रिय

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल

  ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न! खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न? किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि जाेताराे

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र; वडा अध्यक्षको ज्यान मार्ने प्रयास

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र;  वडा अध्यक्षको ज्यान मार्ने प्रयास पाल्हिनन्दन/ ०७ भाद्र  पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश

ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा

टेक्सास गए मध्यरातबाट अमेरिकि सरकारले दिने भनिएको  ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा हुने क्रम सुरू भएको छ !राहत रकम १२०० डलर, २४०० डलर र प्रति बच्चा ५०० थपका दरले