लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्ले पास गर्‍यो



सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै विसिमका प्रशासनीक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’

उनकाअनुसार नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । ‘यो नक्सा बमोजिम नै हाम्रा निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछ, उनले भने।

भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नेा क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

तर सरकारले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव गर्‍यो । नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ ।

अहिले फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गर्‍यो । त्यसपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएको छ ।

सरकारले तत्काल वार्ता गर्न चाहेपनि भारतले कोरोना संकटपछि भनेको छ । त्यसैले सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो ।

जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यसअनुसार भूमिसुधार मन्त्रालयले प्रस्ताव लगेको थियो ।

संविधान संशोधन गर्नुपर्छ

एक मन्त्रीकाअनुसार नयाँ नक्सा जारी गर्न संविधानले रोकेको छैन । तर नयाँ नक्सा जारी भइसकेपछि संविधानको अनुसूची संशोधन गर्नुपर्छ । यसका लागि सरकारले संसदमा प्रस्ताव लैजानेछ ।


२०७७-जेठ-५ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै