सेनाले उठायो कोरोना संक्रमितको शव ३१ घण्टापछि



 उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शब ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ ।

रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शब शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको हो ।

अस्पतालको दुई तलामाथि रहेको आईसीयू कक्षमा पुगेर नेपाली सेनाको चार–पाँच जनाको प्राविधिक टोलीले मृतकको शब निकालेर र्‍यापिङ गरी शब वाहनमा राखेर अस्पतालबाट अन्यत्र लगेको हो ।

शबवाहनलाई प्रहरीले स्टर्किङ गरेको थियो । मृत्यु भएको दोस्रो दिनसम्म शब उठ्न नसकेपछि सरकारको आलोचना भएको थियो । मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए ।

तर सेनाको टोली आएर शब व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेका रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए ।

‘शव उठाउने क्रममा उहाँहरुले केही भन्नुभएन, हामीले बनाएको कागजमा हस्ताक्षर गर्नुभयो’ उनले भने । संघीय सरकारले बनाएको कोभिड–१९ शब व्यवस्थापन कार्यविधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने प्रहरी उपरीक्षक थापाले बताए ।

जेठ १ गतेदेखि अस्पतालको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचारर गराइरहेका ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।

जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसँग सम्पर्कमा नपुगेका ४१ वर्षका शिक्षकमा देखिएको कोरोना पोजेटिभ रिपोर्टबाट परिवारका सदस्य अचम्मा परेका छन् ।

जेठ ८ गते साँझ मृतकको पुनः पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन ।

उनको उपचारमा संलग्न क्रिमसन अस्पतालका चिकित्सक, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जनामध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ ।
यसअघि छाया पोलिक्लिनिकका डाक्टरसहित १० जनाको रिपार्ट पनि नेगेटिभ नै आएको थियो । क्रिमसनका १० जनाको रिपोर्ट भने आउन बाँकी छ ।


२०७७-जेठ-९ गते प्रकाशित

लोकप्रिय

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा

शुभेच्छा सहकारीद्वारा ब्याज छुटको घोषणा संजय कुशवाहा / नवलपरासी १५ जेठ  शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा ब्याज छुटको घोषणा गरिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन

रुकुम चौरजहारी नरसंहारका विरुद्ध पश्चिम् नवलपरासी प्रदर्शन  निशान परियार सुनवल, पश्चिमी नवलपरासी । रूकुमको चौरजहारीमा भएको नरसंहारका विरुद्ध नवलपरासि को सुनवल प्रदर्शन गरिएको छ ।

कथा भित्र लुकेको सार्थक जीबनको रहस्य.. नारायण प्रसाद रेग्मी

नारायण प्रसाद रेग्मी तिर्खाले भौतारिएको कागले एउटा घैटोको पिधँमा पानी देख्यो।घैटोको पिधँको पानी सहजै पिउन नसकेपछि कागले पानी पिउने उपाय बारे सोच्यो।घैटोमा ढुङगाको टुक्रा खसाल्दै