सर्बोच्चको निर्णय : ६० नेपालीसहित ८ लाखलाई देशनिकाला गर्ने ट्रम्प प्रशासनको प्रयास असफल



बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम खारेज गर्ने ट्रम्प प्रशासनको प्रयासलाई अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टस् र अन्य ४ जना न्यायाधिससहित ५ जना उक्त निर्णयको पक्षमा रहेपछि ट्रम्प प्रशासनको प्रयास खारेज भएको हो ।

सर्वोच्चको आदेशपछि अब ट्रम्प प्रशासनले बाल्यकालमा अमेरिका आएका झण्डै ८ लाख कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने कार्यक्रम अन्त्य गर्न नपाउने भएको छ । आदेशले अब ती ड्रिमरहरुलाई देशनिकाला नगरी अमेरिकामा नै रहन अनुमति प्रदान गरेको छ ।

प्रधानन्यायाधिस जोन रोबर्टसले निर्णयमा डाका कार्यक्रम खारेज गर्ने विषयमा सरकारले उपयुक्त कारण दिन नसकेको उल्लेख गरेका छन् । तर ट्रम्प प्रशासनले डाका कार्यक्रम अन्त्य गर्नेबारे विस्तारमा व्याख्या गरेर कार्यक्रम अन्त्यका लागि प्रयास भने गर्न सक्नेछ । तर चुनावी अभियानका बीचमा ह्वाइट हाउसले उक्त कार्यक्रम तत्काल अन्त्य गर्ने सम्भावना भने देखिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ को सेप्टेम्बरमा डाका कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका थिए । अमेरिकाको तल्लो अदालतले यो कार्यक्रमलाई अन्त्य हुनबाट रोकेर झण्डै ८ लाखलाई तत्काल देशनिकाला हुनबाट जोगाएको थियो ।

 

बाल्यकालमा अमेरिकामा छिरेर कागजपत्रविहिन भएकाहरुलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिने डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम अन्तरगत ६० जना नेपालीहरु संरक्षित रहेका छन् । उनीहरु १६ बर्ष उमेर नपुग्दै अमेरिकामा आएका र सन् २००७ वा त्यो भन्दा अगाडि देखि अमेरिकामा लगातार बस्नै आएका तथा सन् २०१२ को जुनसम्म ३१ बर्ष ननाघेकाहरु हुन् । उनीहरुलाई बाबुआमाले सन् २००७ भन्दा अगाडि १६ बर्ष नपुग्दै विभिन्न भिसामा वा अन्य तरिकाबाट अमेरिकामा ल्याएका थिए । त्यसपछि उनीहरु अमेरिकामा कागजपत्रविहिन भएका थिए ।

बाल्यकालमा अमेरिका छिरेकाहरुलाई अमेरिकामा डिपोर्टेशनको डरविना बस्न र कामगर्न अनुमति प्रदान गर्ने यो कार्यक्रम सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले ल्याएका थिए ।


२०७७-असार-५ गते प्रकाशित

लोकप्रिय

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

  १ बैशाख , कपिलवस्तु  जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नयाँ बर्ष तथा रमजानपर्व‌को शुभ अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

  बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले  कार्यक्रम गरि समाजमा रहेका युवा, समाजसेवी तथा  भद्रभलादमीहरुमा खुशी साटा साट

विशेष अपडेट


भिडियो