उखु किसानले वाकी रकम भुक्तानी पाएनन्



 

पश्चिम नवलपरासी जिल्लाका ३ वटै चिनी मिलबाट पुराना बर्षहरुको रकम मध्ये वाकी रहेको ३० करोड रुपैया किसानहरुले भुक्तानी पाउनु पर्ने छ । तर मिल संचालकहरु किसानलाई छक्याउदै आलटाल गर्दै आएका छन् । भुक्तानीका लागि दबाब दिन किसानहरुले चिनी मिलहरुमा लगाउने ताला खुलाउन, संचालकहरु नक्कली आँशु झार्दै प्रशासनलाई गुहार्ने र किसानलाई ईमोशनल ब्लेकमेल गर्दै मिलको ताला खुलाउन वित्तिकै मोबाईल स्वीचअफ गरि लुकेर बस्ने गर्दछन् । यस बारे आज उखु कृषक समिती नवलपरासी ( तदर्थ ) का पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ध्यानआकर्षण गराएका छन् । समितीका प्रवत्ता धिरज त्रिपाठीका अनुसार किसानलाई तत्काल उद्योगबाट रकम उपलब्ध गराउन स्थानिय प्रशासन मार्फत पहल गरेका छौ भुक्तानी सुरु नभए थप आन्दोलन उत्रिने समितीको तयारी छ ।
प्रमुख जिल्ला अधिकारी पाठक समक्ष बुझाईएको ज्ञापन पत्रमा यस जिल्लामा उखु किसानहरुको हक हित संरक्षण र उखु विकासको लागी गठन भएका उखु उत्पादक कृषक समिती नवलपरासीको निर्वाचन २०६८ साल साउन २१ गते भएपश्चात हालसम्म पनि साधारण सभा र निर्वाचन भएको प्रति ध्यानआकर्षण गराएको छ ।


संस्थाको बिधान अनुसार प्रत्येक पाच पांच बर्षमा निर्वाचन हुनुपर्ने प्रावधान भएपनि बिधान अनुसार निर्वाचन तथा साधारण सभा नभएकोले तत्काल स्थानिय प्रशासनले रोहोवरमा साधारण सभा र निर्वाचन हुनुपर्ने माग छ ।
सो क्रममा समितीका अध्यक्ष दुधनाथ गुप्ता , प्रबत्ता एवंम् समाजसेवी धिरज त्रिपाठी , कृष्णानन्द चौधरी , मदन चन्द्र कोईरी , कनैहा जयसवाल , लगायतको सहभागीता रहेको थियो । सो क्रममा प्रमुख जिल्ला अधिकारी पाठकले स्थानिय प्रशासनको तर्फबाट हुन सक्ने बिषयका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
जिल्लाका किसानहरु विगत ३ बर्षदेखि उखुको भुक्तानी पाएका छ्रैनन् । कोरोना महामारी र खेतीपातीको समयमा पनि भुक्तानी नपाएर किसानहरुलाई खेतीपाती गर्न र घर व्यवहार मिलाउन ऋण तथा सापटी खोज्दै हिडिरहेका छन् । बर्षेनी मिलहरुले किसानको उखु उधारोमा खरिद गरि चिनी विक्री गर्ने तर किसानको भुक्तानी दिनेबेला रुने र आलटाल गर्ने गरेका छन् ।
घर व्यवहार मिलाउन समस्या भैरहेको किसानहरु फेरि पनि भुक्तानी पाउने आशमा हारगुहार गर्दै जिल्ला प्रशासन कार्यालय डेलिगेश पुगेका छन् । लुम्बिनी चिनीमिलबाट १० करोड, ईन्दिरा सुगर मिलबाट ८ करोड पुरानै भुक्तान पाउनु पर्नेछ भने बागमति चिनीमिलबाट यसबर्षको करिब १२ करोड भुक्तान पाउनु पर्ने भन्दै प्रशासनलाई गुहारेका छन् ।बागमतीले किसानको पिडा बुझेर विस्तारै भुक्तान गरिरहेको छ । यता बागमतीले प्रति कईन्टल ३ सय ७१ रुपैया को दरले भुक्तानी गरेकाले थप रकम समेत तत्काल बितरण नभए उद्योगमा तालाबन्दी गरिने समितीका प्रबत्ता त्रिपाठीको भनाई छ ।


तर लुम्बीनी र इन्दिरा चिनी मिल बारे किसानहरु भन्छन् सके प्रशासन कार्यालयले संचालकलाई झिकाई तत्काल भुक्तानी गराउन प¥यो, नभए मिल संचालक विरुद्ध ठगि मुद्धा चलाउन प¥यो ।
उखुको भुक्तानी पाउन किसान र समितिले जिल्ला प्रशासन कार्यालयको रोहबरमा कैयांै पटक किसान र मिल संचालक बिच सम्झौता भएपनि संचालकहरु सम्झौता लत्याउदै भुक्तानी दिन आलटाल गर्दै आएको समितिको दाबी छ । मिलहरु किसानलाई ठग्ने आफनो पेशा बनाईसकेको समितीको आरोप छ ।
राष्ट्रिय र नगदेबालीको अवस्था यस्तो छ । विगत ५ बर्षदेखि समयमै भुक्तानी नपाएकै कारणले किसानहरु उखु खेती छोडदै गएका छन् । हाल जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेति गरिएको छ भने कुल १४ लाख क्विन्टल उखु उत्पादन भएको छ । यस बर्ष उखुको समर्थन मुल्य ५३६ रुपैया प्रति क्वीन्टल रहेको छ । जिल्लामा रहेको ३ वटा मिलमधये यस बागमति चिनी मिल मात्र संचालनमा आयो । ईन्दिरा र लुम्बिनी चिनीमिल यसबर्ष संचालकले चलाएनन् ।


२०७७-श्रावण-१२ गते प्रकाशित

लोकप्रिय

त्रिपाठी ले ल्याए तीजको कोसेली रातो साडीमा

नेपाली नारीहरूको चाडपर्वलाई केन्द्रीत गरेर दैनिक रुपमा तीजका नया नया कोसेली दर्शक माज आफ्ना श्रृजना पस्कने क्रममा हास्य अभिनेता नारायण त्रिपाठीले आफ्नै स्वर र अभिनय सहित ल्याए रातो

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न रन्जीत शर्मा/पाल्हिनन्दन/श्रावण २१ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

अजय मिश्र, कपिलवस्तु, साउन २३ कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना सम्म सार्वजनिक यातायात का सवारी

विशेष अपडेट


भिडियो