सर्जक नीलकण्ठ सुबेदीको शब्दमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ तीजको गीत सार्वजनिक 



अमेरिकाको भर्जिनिया बस्दै आएका सर्जक नीलकण्ठ सुबेदीको शब्दमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा भन्ने तीजको गीत ओएसआर च्यानल मार्फत सार्वजनिक भएको छ । हिन्दु नेपाली नारीहरूको महानचाड तीज पर्वमा कोभिड १९ को माहामारीबाट सुरक्षित रहदै आफ्नै घरमा रहेर डिजिटल माध्यमबाट मनाउन तीजको यो गीतले सन्देश दिएको गीतकार सर्जक नीलकण्ठ सुबेदीले जानकारी दिएका छन् ।  अघिल्लो वर्षका तीजका गीतहरूमा माइत जाने, दर खाने नाच्ने, दिदी बहिनी लिन जाने लगायतका विषय थिए । अहिले पनि ती विषयमा केन्द्रित रहँदै कोरोनाका कारण तीजलाई पर्ने प्रभाव र देशले भोगिरहेको समस्याका विषयलाई उठाइएको छ । राम कार्कीको संगीत रहेको सो गीतमा एलिना चौहानले स्वर दिएकी छिन् भने सुरेश थापाले भिडियो निर्देशन गरेका छन् । ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ बोलको गीतमा इन्टरनेटमार्फत् साथी-संगीसँग तीज मनाउन आग्रह गरिएको छ । गीतको भिडियोमा सुरेश थापा, अनिता दंगाल, गणेश आमीलगायतको अभिनय छ । कोरोनाको कहरको यो समयमा गीतले सकारात्मक सन्देश प्रवाह गर्ने गीत रचनाकार सुवेदीको विश्वास छ ।यसैगरी, डिसी मेट्रो क्षेत्र अन्तर्गत सामुहिक रुपले तीजका दिन मनाइने डिसी मेट्रो परिवार भर्चुअल तीज कार्यक्रममा यो गीतलाई प्रस्तुत गरिने समेत सर्जक नीलकण्ठ सुबेदीले जानकारी दिए ।

यसपालीको हाम्रो तीज इन्टरनेटमा गीत यो लिंकमा सुन्न सकिनेछ /


२०७७-श्रावण-१७ गते प्रकाशित

लोकप्रिय

त्रिपाठी ले ल्याए तीजको कोसेली रातो साडीमा

नेपाली नारीहरूको चाडपर्वलाई केन्द्रीत गरेर दैनिक रुपमा तीजका नया नया कोसेली दर्शक माज आफ्ना श्रृजना पस्कने क्रममा हास्य अभिनेता नारायण त्रिपाठीले आफ्नै स्वर र अभिनय सहित ल्याए रातो

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न रन्जीत शर्मा/पाल्हिनन्दन/श्रावण २१ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

अजय मिश्र, कपिलवस्तु, साउन २३ कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना सम्म सार्वजनिक यातायात का सवारी

विशेष अपडेट


भिडियो