प्रहरीद्वारा अबैध केराउ नियन्त्रण



प्रहरीद्वारा अबैध केराउ नियन्त्रण 

संजय कुशवाहा / नवलपरासी साउन १६

पश्चिम नवलपरासीको सिमाबाट १लाख ३० हजार मूल्य बराबरको अबैध केराउ प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार राति प्रतापपुर गाउँपालिका वडा न.४ र सरावल गाउँपालिका वडा न.६ को सिमा बर्गदवा चोक भन्दा दक्षिण स्थित दशगजामा  नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको २६ बोरा केराउ (१३ क्विन्टल ) प्रहरी चौकी पचपेडाले  नियन्त्रणमा लिएको हो ।

उक्त नियन्त्रण गरिएको केराउ साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि केराउ र साईकल फाली भागेका थिए ।

उक्त केराऊ र साईकल आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।


२०७७-श्रावण-१७ गते प्रकाशित

लोकप्रिय

त्रिपाठी ले ल्याए तीजको कोसेली रातो साडीमा

नेपाली नारीहरूको चाडपर्वलाई केन्द्रीत गरेर दैनिक रुपमा तीजका नया नया कोसेली दर्शक माज आफ्ना श्रृजना पस्कने क्रममा हास्य अभिनेता नारायण त्रिपाठीले आफ्नै स्वर र अभिनय सहित ल्याए रातो

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न रन्जीत शर्मा/पाल्हिनन्दन/श्रावण २१ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

अजय मिश्र, कपिलवस्तु, साउन २३ कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना सम्म सार्वजनिक यातायात का सवारी

विशेष अपडेट


भिडियो