बसहिया नाकाबाट मटर तस्करी बढयाे



बसहिया नाकाबाट मटर तस्करी बढयाे 

पश्चिम नवलपरासी जिल्लाकाे बसहिया नाका बाट धमाधम मटर तस्करी भईरहेकाे छ। सरकार ले सिमा नाकालाई शिल गरिएकाे भएपनि  स्थानिय प्रहरी काे मिलाेमताेमा तस्करी भईरहेकाे स्थानियहरुले बताएका छन । दिउसाे काे समयमा मटरहरु बसहिया गाउकाे बिभिन्न गाेदाममा राख्ने र दिउसै र रातिकाे  समयमा सिमाकाे उखुबारिबाट लुकिछिपि भारत तर्फ लैजाने गरेकाे स्थानियहरु ले बताएका छन ।नेपालमा मटर काे मुल्य भारत भन्दा कम रहेकाे ले भयकररुपमा तस्करी भईरहेकाे बताईएकाे छ । प्रहरीहरुले ब्यापारी हरु सग पैसा लिई तस्करी लाई बढावा दिईएकाे स्थानीय जनताकाे भनाई रहेकाे छ । गाेपिगन्ज , परासि ,सेमरी लगायतकाे ठाउबाट मटर काे बाेरा स्थानीय स्तरमा रहेका श्रमिकहरुले साईकल , माेटरसाइकलमा लाेड गरि दिनदहाडै प्रहरीकाे अगाडिबाट अाेहाेरदाेहाेरगर्दा पनि प्रहरी माैन रहेकाे पाईएकाे छ । अाम नागरिक बाट ब्यापारी हरुले बाेराकाे मटर   ढुवानी गराई रहेकाे पाईएकाे छ ।अबैधरुपमा बाेराकाे मटर प्रहरी ले देखेर पनि अन्जान बनिरहेका छन ।सिमा नाका शिल भएपनि तस्करी भने राेकिएकाे छैन ।


२०७७-श्रावण-१७ गते प्रकाशित

लोकप्रिय

त्रिपाठी ले ल्याए तीजको कोसेली रातो साडीमा

नेपाली नारीहरूको चाडपर्वलाई केन्द्रीत गरेर दैनिक रुपमा तीजका नया नया कोसेली दर्शक माज आफ्ना श्रृजना पस्कने क्रममा हास्य अभिनेता नारायण त्रिपाठीले आफ्नै स्वर र अभिनय सहित ल्याए रातो

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न

बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न रन्जीत शर्मा/पाल्हिनन्दन/श्रावण २१ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

अजय मिश्र, कपिलवस्तु, साउन २३ कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना सम्म सार्वजनिक यातायात का सवारी

विशेष अपडेट


भिडियो