कोरोना संक्रमणबाट कांग्रेसका जिल्ला उपसभापतिको निधन, नवलपरासी स्तम्भ



कोरोना संक्रमणबाट कांग्रेसका जिल्ला उपसभापतिको निधन, नवलपरासी स्तम्भ 

उमेश बि.क / नवलपरासी ,२ भदौ

कोरोना संक्रमित नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका जिल्लाका उपसभापति सुवासचन्द्र गिरीको उपचारको क्रममा मङ्गलबार बिहान ललितपुरको पाटन अस्पतालमा मृत्युु भएको छ । उपसभापति  गिरीको निधनले नवलपरासी स्तम्भ भएको छ।

जिल्लाको रामग्राम नगरपालिका वडा नं. २ घर भएका ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मगंलबार बिहान ६ बजे मृत्यु भएको हाे ।

उहाँको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । हिजो ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको थियो । आज बिहान ६ बजेतिर मृत्यु भएको हो ।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि उहाँ परासी स्थीत घरमै आराम गरिरहनुभएको थियो ।  तर उहाँलाई श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल लगिएकोमा त्यसपछि गरिएको स्वाब परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

गिरीलाई बुधवारनै भैरहवाबाट कोरोना विशेष अस्पताल बुटवलमा लगिएको थियो । त्यसपछि बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई साउन ३० गते थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । पाटन अस्पतालमानै उपचारका क्रममा मंगलबार विहान ६ बजेतिर मृत्यु भएको हाे।

आफूलाई कोरोना पोजिटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै अस्पतालबाटै गिरीले फेसबुकमा स्टाटस लेख्नुभएको थियो । साथै उहाँले अस्पतालको भेन्टीलेटरबाट पनि एक भिडियो सन्देश समेत जारी गर्नुभएको थियो । यद्यपी गिरीलाई बोल्न निकै कठिनाइ भएको देखिन्थ्यो ।

प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलका अनुसार मृतक गिरिलाई आज साझ ५ बजे अस्पतालबाट निकालि उनका भाई सन्तोष गिरिले श्रद्धाञ्जली अर्पण गर्ने र त्यसपछि नेपालआर्मीले पशुपति आर्यघाटमा पुर्याइ अन्तिम श्रद्धाञ्जली स्वरुप सलामि अर्पण गरि इलोक्ट्रोनिक सबगृहमा उनको अन्त्यष्टि गर्ने छ ।


२०७७-भदौ-२ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो