बलात्कार बिरुद्ध किशोरिहरुद्वारा प्रदर्शन



नवलपरासी ,असाेज २९

दिनहुजसो हुने गरेका हिंसा र बलात्कार जस्ता जघन्य अपराधका बिरुद्द स्वतन्त्र किशोरी समुहले आज बर्दघाटमा नारा जुलुस सहित बिरोध प्रदर्शन गरेका छन।

प्रदर्शनमा किसोरिहरुले प्लेकार्ड साहित महिला हिंसा बन्द गर,बलत्कारिलाई फाँसी दे लगायतका नाराहरु लगाएका थिए।

दिनप्रतिदिन बढ्दै गैरहेका बलात्कारका घटनाले आफुहरु सुरक्षीत रुपमा हिड्डुल गर्न समेत गाह्रो भएको प्रदर्शनमा सहभागी किशोरि बिशाखा तिवारीले बताईन।

उनिहरुले समाजबाट यस्ता अपराधहरुको अत्यका लागि सबै एकजुट भएर अघाडी बढ्नु पर्ने भन्दै बलात्कारिलाई हदै सम्मको कारबाही हुनुपर्ने बताए।

प्रदर्शनमा करिब एक सय जना किसोरिहरुको सहभागीता रहेको सहभागी दिया आलेले बताईन।


२०७७-आश्विन-२९ गते प्रकाशित

लोकप्रिय

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल

  ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न! खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न? किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि जाेताराे

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र; वडा अध्यक्षको ज्यान मार्ने प्रयास

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र;  वडा अध्यक्षको ज्यान मार्ने प्रयास पाल्हिनन्दन/ ०७ भाद्र  पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश

ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा

टेक्सास गए मध्यरातबाट अमेरिकि सरकारले दिने भनिएको  ट्रम प्रशासन को पहिलो राहत खाता खाता मा पैसा जम्मा हुने क्रम सुरू भएको छ !राहत रकम १२०० डलर, २४०० डलर र प्रति बच्चा ५०० थपका दरले