ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न




उमेश बि.क / नवलपरासी , २६ कार्तिक 

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ जावामा अवस्थित पर्यटकीय एतिहासिक पुरातात्त्विक  बौद्धकालिन प्राचीन ककरपत्त नगरीमा ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ।

समुह -३१ परासीको संयाेजक सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुखअातिथ्यता एवं उपाध्यक्ष उत्तमा रायको बिशिस्ट अातिथ्यतामा साधारण सभा सम्पन्न भएको हाे।

साधारण सभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले एम्नेस्टी ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको साधारण सभाको सफलताको कामना गर्दै मानवअधिकारका विश्वव्यापी समस्याहरूलाई सामना गर्नका लागि विश्व ऐक्यबद्धता र भाइचाराको जरूरत पर्ने र यो कुरा एम्नेस्टी जस्तो स्वयंसेवी संस्थाहरूको सक्रियाताले मात्र संभव हुने बताउनुभयो । उहाँले जावामा अवस्थित पर्यटकीय एतिहासिक पुरातात्त्विक  बौद्धकालिन प्राचीन ककरपत्त नगरीमा एम्नेस्टीले आफ्नो साधरण सभा आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै एम्नेस्टी नेपालको भावी कार्यदिशा र मानवअधिकारका सम्बन्धमा अझ प्रभावकारी कदमहरूको अपेक्षा व्यक्त गर्दै मानवअधिकारका लागि विभिन्न पहल तथा क्रियाकलाप सन्चालनका लागि सहयोग र साथ दिइने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै गाउँपालिका उपाध्यक्ष रायले द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणको सङ्घर्षमा एम्नेस्टीका सदस्यहरूलाई अझ बढी सक्रियताका साथ सरकारसँग जवाफदेहीता माग गर्न तथा दण्डहीनताको अवस्था अन्त्य गर्नका लागि पहल गर्न अनुरोध गर्नु भएको थियो ।

सधारण सभामा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, नेपाल पत्रकार महासंघ अध्यक्ष हरि शर्मा, मिडिया एशोसिएसनका अध्यक्ष बेचु गौड , समुहका निबर्तमान संयोजक एव सल्लाहकार बिजय जयसवाल,समाजसेवी सुखाडि प्रसाद चाैधरी लगाएतले मानव अधिकार क्षेत्रमा ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ ले खेलेको भुमिका स्रहनिय रहेको र ऐम्नेष्टीले राष्ट्रिय मात्र हैन अन्तरास्ट्रिय स्तरमा पनि मानव अधिकारका उलंघनका घटनाहरु अध्ययन गर्ने र समाधान तर्फ उन्मुख गराउने गरेको बताउदै सधारणसभाका सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

बन्द सत्रमा एम्नेस्टीले आफ्नो वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवदेन, लेखापरीक्षण प्रतिवेदन तथा सन् २०२१ को वार्षिक कार्ययोजना र बजेट अनुमोदन गरेको थियाे ।

कार्यक्रममा ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ का सचिव जितेन्द्र गुप्ताले वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष बबिता जैसवालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे भने कार्यक्रम सञ्चालन रन्जित शर्माले गरेका थिए।


२०७७-कार्तिक-२६ गते प्रकाशित

लोकप्रिय

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

  १ बैशाख , कपिलवस्तु  जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नयाँ बर्ष तथा रमजानपर्व‌को शुभ अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

  बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले  कार्यक्रम गरि समाजमा रहेका युवा, समाजसेवी तथा  भद्रभलादमीहरुमा खुशी साटा साट

विशेष अपडेट


भिडियो