सर्जक सुवेदी को “तिमीलाई देखेपछि माया पलायो “ गीत सार्वजनिक



एक दशक भन्दा लामो समय देखी अमेरिकाको भर्जनियामा रहेर पनि आफ्नो मन भने नेपाली भाषा साहित्य र कलाको छेत्रमा समर्पित गर्नु हुने सर्जक नीलकण्ठ सुवेदीले तिमीलाई देखेपछि माया पलायो बोल को गीत बजार मा ल्याउनु भएको छ ।गुन्जनगर चितवन निवासी सुवेदी ले परदेश मा रहेर पनि नेपाली कला र साहित्य को क्षेत्र मा कलम चलाई रहनु भएको छ ! नेपाल सरकारको सेवामा रहि दश बर्ष काम गर्नु भएका सुवेदी अमेरीकाको डिभी मार्फत अमेरीकामा रहनु भएको छ । अमेरीकामा रहेर पनि उहॉले विभिन्न सिर्जना मार्फत समाजमा सहि सन्देश दिदैं आउनु भएको छ । इ . सं. २०१५ देखी साहित्य सिर्जनामा लाग्नु भएका सुवेदीले मुग्लान बाट देश नियाल्दा पुस्तक हालसालै सार्बजनिक गर्नुभएको छ । सुवेदीले यस  अगाडि दुई वटा गीत बजार मा ल्याइ सक्नु भएको छ भने आगामी दिनमा अरू गीतहरू आउने क्रममा छन् भन्ने जानकारी गराउनु भएको छ । उहॉका रचना तथा गीतहरु माया प्रिती र मनोरन्जन मात्र छैनन् , देश प्रेम र मातृभूमीको मायाले ओतप्रोत छन् , गरिवको न्यायका बिगुल फुक्ने उहाका चोटिला मुक्तक र गजल हरुले समाजमा सहि सन्देश दिएका छन् , भने उहॉका प्राय रचनाहरूमा माटोको माया र आदर्श लाई समेत अंकमाल गरेका हुन्छन् । उहॉको रचनामा चर्चित संगीतकार अर्जुन पोखरेलको सुन्दर संगीत तथा गायक निशान भट्टराई ले अत्यन्तै मिठो आवाज दिएका छन् , भने यो नयाँ गीत बजारमा आए पछि उनको चर्चा समेत सुरु भएको छ । ‘तिमीलाई देखे पछि माया पलायो’ बोलको गीतको भिडियो द डिभाइन म्युजिक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोलाई वरिष्ठ चलचित्र निर्देशक सुरेश दर्पण पोख्रेलले अमेरिकाको विभिन्न रमणीय दृश्य सहित डा. सामीन श्रेष्ठ र भरतबाबु सुवेदी को अभिनयमा विनोद अधिकारी ले छायॉकन गरि तयार भएको सामाग्री लाई भरत रेग्मी ले सम्पादन गरि वजार मा ल्याईएको छ !

भिंडियों वजारमा आई सके पछि निर्देशक सुरेश दर्पण पोख्रेलले एक फेसवुक स्टाटश मा लेखेको कुरा जस्ताको तस्तै साभार गरिएको छNo description available.

एक पटक हेर्ने पर्ने भिंडियों यहाँ देख्न सक्नु हुन्छ !!!

 


२०७७-मंसिर-१२ गते प्रकाशित

लोकप्रिय

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र; वडा अध्यक्षको ज्यान मार्ने प्रयास

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र;  वडा अध्यक्षको ज्यान मार्ने प्रयास पाल्हिनन्दन/ ०७ भाद्र  पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल

  ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न! खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न? किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि जाेताराे

मात्र २ हजार डलरबाटै शुरु गर्न सकिन्छ यस्ता ब्यबसायहरु अमेरिकामा सानुबाबु सिलवाल

सानुबाबु सिलवाल अमेरिकाको साउथ क्यारोलिना राज्यकी एन्जी काडवेलको पाँच वर्षअघिको जीवन अत्यन्तै दर्दनाक र पीडादायी थियो । तर, अहिले उनको जीवनमा एकाएक कल्पना गर्नै नसकिने खुसी र परिवर्तन