अध्यक्ष चाैधरीद्वारा १५ अाैँ खिचडी ‘माघी  महोत्सव उदघाटन



उमेश बि.क / नवलपरासी ,२९ पुस

पश्चिम नवलपरासीको मनरीमा १५ अाैँ खिचडी ‘माघी  महोत्सव’सुरु भएको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा आयोजना गर्दै आएको माघी महोत्सव सरावल गाउँपालिका वडा नं. २ मनरीमा बुधबार उदघाटन भई माघ १ गते सम्म सञ्चालन हुने भएको छ । 

माघि मेला सरावल गाउँपालिकाकाे सहयाेग तथा श्रीराम युवा प्रतिष्ठानको आयोजनामा ''आपन धरम आपन ईमान, कला संस्कृति आपन पहिचान'' भन्ने मुल नाराका साथ सुरु भएको हाे। 

प्रतिष्ठानका अध्यक्ष संजय कुमार चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीकाे प्रमुख अातिथ्यतामा मेला उद्घाटन भएको हाे।

महोत्सव उद्घाटन गर्दे अध्यक्ष चौधरीले यस्ता मेला महोत्सवले कला संस्कृति संरक्षणमा महत्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले वर्षेनि आयोजना हुदै आएको मेलाको निरन्तरताको शुभकामना पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा सरावल गाँउपालीका उपाध्यक्ष उत्तमा राय ,सरावल गाँउपालीका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेल ,नेकपाका नेता सुखाडि प्रसाद चाैधरी,संकल्प संस्थाका अध्यक्ष शुसान्त शर्मा घिमिरे ,थाकसका अध्यक्ष कृष्णदत्त थारु ,गाेबरहिया प्रहरीचाैकी ईन्चार्ज एलबि सेन्चुरी तथा विभिन्न राजनीति दलका प्रतिनिधि ,समाजसेवी ,थारु नेता लगाएतको उपस्थिति रहेको थियो ।

मेलामा थारु समुदायले प्रयोग गर्दे आएका विभिन्न सामाग्री पनि प्रर्दशनमा राखिएको छ । महोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको हाे।

महोत्सवको उद्घाटन अगाडी थारु समुदायको पहिचान झल्कने भेषभुषा सहितको झाँकिले विभिन्न स्थल परिक्रमा गर्दै मेला स्थल आएको थियो ।

खिचडी महोत्सवमा बिहीबार थारु समुदायको खानाको परिकारहरु मुख्य आर्कषणको रुपमा रहने छ । थारु खाना महोत्सवमा विशेषगरी घोगि आर्कषणको रुपमा रहने छ ।

साथै मेलामा थारु समुदायको संस्कृति झल्कने विभिन्न नृत्य पनि प्रर्दशन गरिने आयोजकले जनाएको छ । प्रतिष्ठानले विगत १४ वर्ष देखि निरन्तर माघिको अवसरमा खिचडी महोत्सव गर्दे आएको छ ।

१५ अाैँ खिचडी ‘माघी  महोत्सव’ मेलामा माघ १ गते झमटा नाच,झुमरा नाच,झर्रा नाच,लाठी नाच, हस्तकला प्रदर्शन र खानाका परिकारहरुको स्टल,गाउँपालिका स्तरीय पुरुष  भलिबल प्रतियोगिता,गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता,चिट्ठा कार्यक्रम,थारु नाटक, थारु लोकगित र अन्य समुदायहरुको संस्कृति प्रस्तुति साथै महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारकाे लगाएतकाे विशेष संगीतिक प्रस्तुति रहनेछ।


२०७७-पुष-२९ गते प्रकाशित

लोकप्रिय

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र; वडा अध्यक्षको ज्यान मार्ने प्रयास

गाउपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र;  वडा अध्यक्षको ज्यान मार्ने प्रयास पाल्हिनन्दन/ ०७ भाद्र  पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश

ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे गाेरुकाे हल

  ब्यङ्गय कविता :रथ र पथ नमिलेका आँडे  गाेरुकाे हल गाेरु उस्तै अाँडे हुन कि जानेनन् कि नार्न! खुरु खुरु तान्न छाेडि फर्कियाे कि मार्न? किन फर्कयाे पछिल्तिर जाेत्नि मेलाे छाेडि जाेताराे

मात्र २ हजार डलरबाटै शुरु गर्न सकिन्छ यस्ता ब्यबसायहरु अमेरिकामा सानुबाबु सिलवाल

सानुबाबु सिलवाल अमेरिकाको साउथ क्यारोलिना राज्यकी एन्जी काडवेलको पाँच वर्षअघिको जीवन अत्यन्तै दर्दनाक र पीडादायी थियो । तर, अहिले उनको जीवनमा एकाएक कल्पना गर्नै नसकिने खुसी र परिवर्तन