ट्रम्पलाई दोश्रो महाअभियोग



अमेरिकी ४५ औ राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई दोश्रो पटक महाअभियोग लगाईएको छ । अमेरिकी तल्लो सदन प्रतिनिधि सभामा मतदान हुँदा उनलाई महाअभियोग लगाईएको हो ।

अमेरिकी ईतिहासमा महाअभियोग लाग्ने उनि प्रथम राष्ट्रपति भएका छन् । आज प्रतिनिधि सभामा मतदान हुँदा २३२ जनाले उनलाई महाअभियोग लगाउनु पर्छ भन्ने पक्षमा मतदान हुँदा उनलाई महाअभियोग लागेको हो ।

उनलाई लगाउनु हुदैन भन्नेको पक्षमा १९७ मत परेको थियो । तर यस पटक रिपब्लिकनका १० जना कंग्रेसहरुले ट्रम्पलाई महाअभियोग लगाउनु पर्छ भन्दै मतदान गरेका थिए । मतदान हुँदा पक्षमा २३२ तथा विपक्ष १९७ खसेको थियो ।

अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्र्म्पलाई दोस्रो पटक महाअभियोग लगाउने बिषयमा वहस हुँदा ट्रम्प देशको लागि अहिले स्पष्ट र खतरा भएको सभामुख न्यान्सी पेलोसीले बताएकी थिइन् । “हामीलाई थाहा छ कि संयुक्त राज्यका राष्ट्रपतिले यो विद्रोह, हाम्रो साझा देशको बिरूद्ध सशस्त्र विद्रोह गर्न उक्साएको आरोप लगाएकी थिइन् । उनी जानु पर्छ, उनी देशका लागि स्पष्ट र अहिले खतरा हो जुन हामी सबैले माया गर्छौं,” पेलोसीले मन्तब्यमा भनेकी थिइन् ।

उनले अगाडी थप्दै भनिन राष्ट्रपति ट्रम्पले नोभेम्बरमा भएको चुनावको नतिजाबारे “बारम्बार” झूट बोलेका र प्रजातन्त्रमाथि शंका व्यक्त गरेको बताएकी थिइन् ।

उन्ले सदनमा आक्रमण गर्ने देशभक्त हैनन तिनीहरु घरेलु आतकवादी हुन भनेकी थिइन् । उनले गत जनवरी ६ का दिन चुनावमा बिजयी भएका निर्वाचित राष्ट्रपति जो बाइडेनलाई कंग्रेसमा प्रमाणित रोक्न प्रयास स्वरुप सदनमा हमला गरेका थिए ।


२०७७-माघ-२ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो