पत्रकारिता पुरस्कारका लागि इन्जाद्वारा निवेदन आह्वान



इन्जा पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले एक लाख रुपिंया राशीको इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड र एक लाख रुपिंया राशीको नै इञ्जा कम्युनिटी जर्नालिज्म अवार्डका लागि नेपाली पत्रकारहरुवाट निवेदन आह्वान गरेको छ ।

यसैगरी एक लाख रुपिंया राशीको उत्कृष्ट साहित्यिक पुरस्कारका लागि सिफारिस गर्न समेत इञ्जाले पाठकहरुलाई आह्वान गरेको छ ।

पत्रकारिता सम्वद्ध दुवै पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले सन् २०२० मा प्रकाशित वा प्रसारित आफ्नो समाचारको कपि वा लिंक समेत निवेदन साथ जनवरी ३० भित्र पेश गर्नुपर्ने इञ्जाले जनाएको छ ।

पत्रकारहरुवाट प्राप्त निवेदनहरुलाई इञ्जाद्वारा गठिन निर्णायक समितिले अध्ययन गरी फेवु्रअरी १५ मा पुरस्कार प्राप्त गर्ने पत्रकार तथा समाचार माध्यमको नाम सार्वजनिक गर्नेछ भने इञ्जाले मार्च १ मा आफ्नो स्थापना दिवसको उपलक्ष्यमा आयोजना गर्दै आएको इञ्जा डे को अवसरमा काठमाडौंमा एक समारोह आयोजना गरी सो पुरस्कार हस्तान्तरण गर्ने इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभयो ।

पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले आफुलाई उत्कृष्ट लागेका तीनवटा समाचारहरुलाई प्रतिश्पर्धाका लागि समावेश गर्न सक्ने प्रावधान इञ्जाले वनाएको छ । गतवर्ष इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयवावु सिवाकोटी र इञ्जा कम्युनिटी जर्नालिज्म अवार्ड अछामकी मेनुका ढुंगाना र वाजुराका प्रकाश सिंहले प्राप्त गर्नुभएको थियो ।

इञ्जाले एक लाख रुपिंया राशीको यो वर्षको उत्कृष्ट साहित्यिक पुरस्कार पनि इञ्जा डेको अवसरमा नै हस्तान्तरण गर्ने भएको छ । उत्कृष्ट साहित्यिक पुरस्कार सन् २०२० प्रकाशित उत्कृष्ट नेपाली साहित्यिक कृतिका सर्जकलाई प्रदान गर्ने इञ्जाले जनाएको छ ।

यो पुरस्कारका लागि सर्जकवाट आवेदन नलिइ पाठकहरुलाई आफुलाई उत्कृष्ट लागेको कृति सिफारिस गर्न इञ्जाले पाठकहरुलाई आग्रह गरेको छ । पाठकहरुले सिफारिस गरेका उत्कृष्ट दश कृतिहरुलाई इञ्जाद्वारा गठित निर्णायक समितिले अध्ययन गरी एक कृतिका सर्जकलाई सो पुरस्कार प्रदान गरिने इञ्जा अध्यक्ष लुइटेलले जानकारी दिनुभयो । इञ्जाले पत्रकारिता पुरस्कारको निवेदन र साहित्यिक कृतिको सिफारिस info@innja.org वा injaglobal@gmail.com इमेलमा पठाइदिन समेत आह्वान गरेको छ ।


२०७७-माघ-२ गते प्रकाशित

लोकप्रिय

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

  १ बैशाख , कपिलवस्तु  जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नयाँ बर्ष तथा रमजानपर्व‌को शुभ अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

  बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले  कार्यक्रम गरि समाजमा रहेका युवा, समाजसेवी तथा  भद्रभलादमीहरुमा खुशी साटा साट

विशेष अपडेट


भिडियो