बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक



undefined

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी अर्थतन्त्रलाई माथि उकास्न १९ खर्ब अमेरिकी डलरको महत्त्वाकांक्षी राहत प्याकेज घोषणा गरेका छन् ।  

 

राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी बुधबार शपथ लिएसँगै उक्त राहत योजनालाई कार्यान्वयनमा ल्याउन पहल सुरु गर्नेछन् । बाइडेनले अमेरिकाको छवि सुधार्न “नयाँ अध्याय” प्रारम्भ गर्न चाहेको बताउँदै आएका छन् । 

 

राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषयमा अमेरिकी तल्लो सदनले बहुमतले प्रस्ताव पारित गरेसँगै अमेरिकी राजनीतिमा बाइडेनको प्रस्तावलाई ट्रम्पमाथिको महाभियोगले छायाँमा पारेको छ । 

 

आफ्नो गृहनगर विलमिङ्टनमा बोल्दै बाइडेनले “अमेरिकीहरुले चाँडै पुनरागमन गर्ने” विश्वास व्यक्त गरे । “यो परिघटना रातारात सिर्जना भएको होइन । त्यसैले रातारात ठीक पनि हुने विषय होइन । र, यसलाई सही मार्गमा ल्याउन हामी अलग्गिएर र विभाजित मुलुक भएर सम्भव पनि छैन ।” 

 

उनले अमेरिकी समाज र राष्ट्रलाई एकताको सूत्रमा बाँध्न र एक ठाउँमा ल्याउन सबै अमेरिकी एकसाथ उभिनुको विकल्प नभएको जिकिर गरेका छन् । 

 

अमेरिकी संसदका दुवै सदनमा डेमोक्रेट पार्टीको झिनो बहुमत प्राप्त भएकाले तेस्रो ठूलो आर्थिक राहतको योजना ल्याउन बाइडेनलाई सहज हुनेछ । 

 

करिब २५ मिनेट लामो टेलिभिजन सम्बोधनमा बाइडेनले राष्ट्रपति ट्रम्प, उनीमाथिको महाभियोग वा संसदमा भएको आक्रमणका बारेमा कतै उल्लेख भने गरेनन् । बरु उनले कोरोना महामारीबाट सिर्जित दुईवटा संकट र त्यसबाट अर्थतन्त्रमा परेका संकटका बारेमा लामो चर्चा गरे । 

 

संयुक्तराज्य अमेरिकामा कोभिड–१९ महामारीले अझ बढी सताउन थालेको छ भने खोप लगाउने अभियानमा पनि बाधा अड्चन देखापरिरहेका छन् । अमेरिकी उद्धार योजना नाम दिइएको बाइडेनको आर्थिक प्याकेजमा विश्वकै सर्वाधिक ठूलो अर्थतन्त्रलाई पुनर्जीवन दिने लक्ष्य राखेर अनेक उपायहरु अघि सारिएका छन् ।

 

तीमध्ये न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पु¥याउने महत्त्वाकांक्षी योजना पनि समावेश छ । साथै, संघर्षरत राज्यहरु र स्थानीय सरकारहरुलाई आर्थिक सहायता दिने, विद्यालयहरु सुरक्षित तवरले खोल्ने, कोभिड–१९ खोप लगाउने कार्यलाई व्यापक बनाउने, बेरोजगार भत्ता कार्यक्रमलाई थप गर्ने तथा गत महिना कङ्ग्रेसले पारित गरेको तर सिनेटले रोकेको प्रतिपरिवार २००० अमेरिकी डलर दिने योजनालाई स्वीकृति गर्ने रहेका छन् । 

 

सभामुख नान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक सुमरले बाइडेनद्वारा अगाडि सारिने प्रस्तावलाई जतिसक्दो चाँडो पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिन १०० मिलियन अर्थात् १० करोड नागरिकलाई खोप दिने अभियान सार्वजनिक गरिसकेका छन् ।  

 

अमेरिकी संसदका दुवै सदनमा डेमोक्रेटको झिनो बहुमत रहेकाले पनि बाइडेनले मनोनयन गरेका प्रमुख पदहरुको सुनुवाई छिटो हुने अपेक्षा गरिएको छ । यही जनवरी १९ मा सिनेटको वित्तीय समितिले प्रस्तावित अर्थमन्त्री जानेट येलेनको सुनुवाई गर्दैछ । त्यस्तै अर्को साता राष्ट्रिय गुप्तचर निकायका निर्देशकमा मनोनित एभरिल हेन्सको सुनुवाई हुँदैछ ।


२०७७-माघ-३ गते प्रकाशित

लोकप्रिय

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

  १ बैशाख , कपिलवस्तु  जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नयाँ बर्ष तथा रमजानपर्व‌को शुभ अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

  बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले  कार्यक्रम गरि समाजमा रहेका युवा, समाजसेवी तथा  भद्रभलादमीहरुमा खुशी साटा साट

विशेष अपडेट


भिडियो