आईएमई लिमिटेड लुम्बिनी क्षेत्रीय कार्यालयद्धारा रकम हस्तान्तरण




ब्ुाटवल , ७ माघ ÷ रोजगारीको सिलसिलमा विदेशमा मृत्यु भएका पाँच जना व्यक्तिहरुको परिवारलाई आईएमई लिमिटेड क्षेत्रीय कार्यालय वुटवलले सहयोग रकम हस्तान्तरण गरेको छ ।  
आईएमई लुम्बिनी  क्षेत्रीय कार्यालयले  कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका श्रमीकको घरपरिवारलाई जनही नगद ५० हजारका दरले २ लाख ५० हजार रुपैया प्रदान गरेको क्षेत्रिय प्रमुख रामप्रसाद शर्माले जानकारी  दिनुभयो  । 


रकम प्राप्त गर्नेहरुमा कपिबस्तुका २ , अर्घखाचीका १ र गुल्मीका २ घरपरिवार रहेका छन् । आईएमई भरोसा कोष अन्तर्गत प्राप्त गरेको सहयोग रकमको चेक बुझ्दै पिडितका आफन्तले खुसी व्यक्त गरेको छन् ।
आईएमई लिमिटेडले सञ्चालन गरेको आईएमई भरोसा कोषमा आवद्ध भएका मृतकका परिवारहरुलाई सहयोग रकमको चेक क्षेत्रीय प्रमुख शर्माले हस्तान्तरण गर्नुभयो  । 
लुम्बिनी  अञ्चल  क्षेत्रिय कार्यालय प्रमुख  शर्माले बिदेशमा आफन्त गुमाउनुको पीडामा पिडितका आफन्त घरपरीवारलाई सानो रकम भएपनि  सहयोग रकम उपलब्ध गराएर आईएमई लिमिटेडले दुखमा मलम लगाउने काम गरेको बताउनुभयो  । 


आईएमई लिमिटेडले विगत २० बर्ष देखी निरन्तर सामाजीक काममा  कृयाशिल रहदै आएको र आगामी दिनमा पनि थप कृयाशिल रहने क्षेत्रिय प्रमुख शर्माले जानकारी दिनुभयो  । 
आईएमई लिमिटेड बिदेशबाट नेपालमा रकम भित्राउन भरपर्दो उत्कृष्ट रेमिटान्स कम्पनी हो ।


२०७७-माघ-७ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो