कलाकार मिश्रा पुरस्कृत



 

काठमाण्डौं, माघ ९ 

चर्चित भोजपुरी गायक एवं नेपाली चलचित्रका नायक श्याम कुमार मिश्रालाई शुक्रबार वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रम ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत गरेको छ ।

उहाँले भोजपुरी गीतबाट सर्वोत्कृष्ट अवार्ड पाउनु भएको हो । निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कला, साहित्य जगतका बिशिष्ट ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कपिलवस्तुको कृष्णनगर निवासी श्याम भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्यक्तित्व हुनुहुन्छ ।

नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष रहनुभएका मिश्रा गत स्थानीय निर्वाचनमा उहाँ कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वार समेत हुनुभएको थियो ।

कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढ्ने सोच बनाएका मिश्रा यस्ता खाले सम्मानले आफुलाई थप उर्जा मिल्ने बताउनु भयो । साभार तेजनेपाल डटकम।


२०७७-माघ-९ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो