बिके नर बहादुरकाे एकल कला प्रदर्शनि



उमेश बि.क / काठमाडौं , २५ माघ

काठमाडौंको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ११ महिना पछि कला प्रदर्शनि सुरु गरिएको छ ।

लकडाउनकाे विषम परिस्थितिमा कला क्षेत्र तथा कलाकारमा पारेकाे ठुलाे असरले गर्दा कलाप्रदर्शनि लगाएतकाे कृयाकलाप थप्प रहदा लामो समयको अन्तरालमा कला प्रदर्शनि  सुरु गरिएको हाे।

अार्ट क्लब नेपालको अायाेजनामा माघ १७ गते देखि सुरु भएको कला प्रदर्शनि डेढ महिना सम्म सन्चालन रहने प्रकास श्रेष्ठले जानकारी दिनुभएको हाे।

वरिष्ठ कलाकार तथा अार्ट क्लब नेपालको अध्यक्ष सुदर्शन बिक्रम राणाले कला प्रदर्शनि उदघाटन गर्दै विगतका दिनदेखि अार्ट क्लब नेपालले चित्रकला तथा मुर्तिकला कार्यशालाका साथै प्रदर्शनि गर्दै अाइरहेकाे बताउनु भएको हाे। गरिरहेकाे कला प्रदर्शनि कलाकाे विकास तथा समग्र कलाकारकाे कला प्रवर्दन तथा कला ब्यापार प्राेत्साहन गर्दै अगाडि बढाएकाे कुराबारे जाेड दिनुभएको थियाे।

कला प्रदर्शनिमा युवा पुस्ताका चर्चित कलाकार नरबहादुर बिकेले आफ्नो कलाहरूको संग्रह “स्प्रिंग सिरिज” लिएर आएका छन्।

विशेषगरी हिमाली जनजीवन र बिहानदेखि साँझपखसम्मको मौसममा बद्लिंदो हिमालको रङहरूलाई उनले क्यानभासमा सुन्दर ढंगबाट उतारेको छन्।

एक्रेलिक माध्यममा बनाइएका करिब चार दर्जन चित्रहरू प्रदर्शनीमा अवलोकन गर्न सकिनेछ। प्रदर्शनीमा रहेका कलाहरूको न्यूनतम मूल्य ७ हजारदेखि ३० हजारसम्म रहेका छन्।

 

कलाकार बिकेको यो १७ औं एकल कला प्रदर्शनी हो। लामो समयदेखि राजधानीमा व्यावसायिक कलामा जमिरहेका कलाकार बिकेको “स्प्रिङ सिरिज” रहेको छ।

 


२०७७-माघ-२५ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो