पाल्हि क्याम्पसकाे अध्यक्षमा पुन : राधेश्याम पाठक निर्वाचित



उमेश बि.क / नवलपरासी , २७ माघ

पश्चिम नवलपरासीको पुरानाे क्याम्पस पाल्हि बहुमुखी क्याम्पसकाे अध्यक्षमा पुन : राधेश्याम पाठक चयन हुनुभएको छ। यसअघि पनि पाठक नै अध्यक्ष थिए ।

जितपछि पाठक पक्षधरले मतदान स्थलदेखि परासीकाे बजार परिक्रर्मा गरेका थिए  पाठककाे जितमा सरिक हुदै पुर्वगृहराज्य मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले निवार्चित पदाधिकारीहरुलाई अबिर दलि ,खादा अाेढाई बधाई सहित सफल कार्यकालकाे शुभकामना दिनुभएको थियाे।

भएको विजय जुलुसमा पुर्वगृहराज्य मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल,सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी,केन्द्रीय संगठन विभाग सदस्य माहेन प्रसाद शर्मा, रामग्राम नगरपालिकाकि उममेयर रम्भा कुवर ,जिसस उपप्रमुख अब्दुल रहमान चुरीहार,जिल्ला संगठन विभाग सभापति राजेन्द्र सहानि  लगाएतकाे उपस्थिति रहेको थियाे।

साेमबार भएको निवार्चनमा अाफ्ना तिनजना प्रतिद्वन्दिलाई पछि पार्दै पाठक निर्वाचित  हुनुभएको हाे।

साेमबार राति भएको मतगणना अनुसार अाफ्नाे निकटतम प्रतिद्वन्दि घुरहु यादवलाई ६ मतअान्तरले पछाडि पार्दै पुन बिजयी हुनुभएको हाे।

कुल २६० मत खसेकोमा राधेश्याम पाठकले ९२ मत पाउनुभयो थियाे भने घुरहु यादवले ८६ मत पाउनु भएको थियो ।

पाठक नेपाली काङ्ग्रेसबाट उम्मेदवार हुनुहुन्थ्यो भने यादव जसपा ,राप्रपा ,नेकपाकाे प्रचन्ड माधव नेपाल तर्फबाट समर्थक उम्मेदवार हुनुहुन्थ्यो । अध्यक्ष कै अर्को उम्मेदवार काङ्ग्रेसको विक्रम यादवले ४८ मत पाउनुभएकाे थियाे । पार्टीमा अान्तरिक किचलो कारण काङ्ग्रेसकै तर्फबाट दुईजना उम्मेदवार निर्वाचनमा उठेका थिए । 

यसैगरी अर्का अध्यक्ष पदका उम्मेदवार नेकपा अाेलि पक्षकाे बिमल पाैडेलले २८ मतले हार बेहाेरेका हुन । यस्तै लेखा संयाेजककाे उम्मेदवारमा अनिल कुमार गाैड निर्वाचित हुनुभएको छ। ४ जनाकाे उम्मेदवारी परेको लेखा समिति संयाेजकमा निकटम प्रतिद्वन्दि राजेन्द्र पटेललाई १५ मतअान्तरले हराउँदै गाैड बिजयी हुनुभएको हाे। गाैडले ९० पटेलले ७५ मत प्राप्त गरेका थिए । यस्तै लेखा समिति संयाेजकमा अर्का उम्मेदवार राकेश कुमार गुप्ता ४७ र रामजि ज्ञवालीले २६ मत पाएका थिए । अध्यक्ष तर्फ २ र लेखा समिति संयाेजक तर्फ २ मत बदर भएको थियाे।

कम्जोर अार्थिक अवस्थाका कारण जटिल अवस्थामा पुगेको पाल्हि बहुमुखी क्याम्पसकाे नयाँ नेतृत्व संसदीय चुनावको झल्को दिनेगरी चुनाव भएको थियोे । 

यसअघि अाजिवन संरक्षक सदस्य निर्विरोध निर्वाचित भइसकेका छन । जसमा सम्झना चाैधरी , श्रीधर बस्याल र सुबासचन्द्र अग्रबाल रहनुभएकाे छ । क्याम्पस सभा २३ सदस्यीय हुने ब्यवस्था रहेको छ। जसमा अध्यक्ष १ ,संरक्षित सदस्य १ महिला र २ पुरुष गरि ३ र लेखा समिति संयाेजक १ जना निर्वाचित हुने र बााकि सदस्य मनाेनयन गर्ने ब्यवस्था रहेको छ।

नवनिर्वाचित पदाधिकारीकाे सपत ग्रहण पाल्हि बहुमुखी क्याम्पस परासीमा हुने निर्वाचन समितिले जानकारी दिइएको छ।


नवनिर्वाचित क्याम्पस अध्यक्ष राधेश्याम पाठकले वर्तमान आधुनिक विश्वमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न अन्य थप शैक्षिक कार्यक्रमहरु समेत यस क्याम्पसमा सञ्चालन गरी यस क्याम्पसलाई नवलपरासीको नमूना शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजना रहेको वताउनुभयो ।


२०७७-माघ-२७ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो