अमेरिकामा हिमपातले जनजीवन कष्टकर र थप्प,कम्तिमा १५ जनाको मृत्यु



Image result for snow texas 2021

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, कष्टकर र थप्प बनाएको छ । अमेरिकाका हिमपात र मौशम परिवर्तनको कारण कम्तिमा १५ जनाको मृत्यु भै सकेको र त्यो भन्दा पनि मृत्यु ज्यादा हुन् सक्ने विभिन्न पत्रपत्रिकाले उल्लेख गरेका छन् ।

मंगलबार फेब्रुअरी १६ का दिन सम्म ४४ लाख मानिसहरु बिना बिजुली बस्न बाध्य भएका छन्। हिमपातसंगै टोर्नाड़ो(घुम्रपात)आएको कारण उत्तर क्यारोलाइनामा कम्तिमा ३ जनाको मृत्यु भएको छ । मौशम ज्यादै खराव भएको छ भने तापक्रम शुन्य भन्दा कम भएको कारण यात्रा गर्न अझ कठिन भएको छ । अझ केही दिन सडकमा पूर्ण सतर्कता अपनाउनु पर्ने र हिड्दुल नर्गन समेत आह्वान गरिएको छ । उत्तर क्यारोलाइनाको ब्रन्सविक काउन्टीमा आएको टोर्नाड़ो(घुम्रपात)ले कम्तिमा १० जना घाइते भएको काउन्टीका अधिकारीहरुले जनाएका छन ।

यसैगरी टेक्ससमा घर तातो बनाउन सवारी साधनको प्रयोग गर्दा दुई जना वयस्क र एक बच्चा कार्बन मोनोअक्साइडको कारण मृत्यु भएको ह्युसटन प्रहरीले जानकारी दिएका छन् । मंगलबार ग्रेट लेक्स देखि न्यूइंग्ल्यान्ड सम्म अझ पनि हिउ र बरफ जम्ने अपेक्षा गरिएकोले यात्रा गर्न मुस्किल हुने देखिएको छ । मिसिसिपी उपत्यका देखि समतल क्षेत्र सम्म ज्यादै चिसो र खतरा ठण्डा हावा चल्ने भबिश्यवाणी गरिएको छ ।

आर्कन्स देखि इन्डियाना सम्म बिशाल हिमपात परेको छ भने जसको कारण ओक्लाहोमा शहर देखि मिनेसोटा क्षेत्र सम्म तापक्रम किर्तिमान रुपमा तल झरेको छ ।

अमेरिकी राष्ट्रिय मौषम सेवाका अनुसार ऋणात्मक(माइनस) शुन्य भन्दा ३८ डिग्री मुनि सम्म तल झरेको छ । टेक्ससमा बाहिर ननिस्कनु ,उर्जा बचाउनु र धोका र झ्याल बन्द गर्नु भनि अनुरोध गरेका छन् ।

टेक्ससको सुगरल्याण्डमा हजुरआमा र ३ जना बच्चाहरु न्यानो बनाउन आगो बाल्दा घर जलेर उनीहरुको मृत्यु भएको छ । राष्ट्रिय सेना तथा राज्यका सैनिकहरुले निरीक्षण गरि रहेका छन् ।

१०० बर्ष पछि यस्तो कम तापक्रम भएकोले सडक मुनि बिछ्याएका नलि जमेर बिस्फोट समेत भएका छन । यसै गरि कोभिड खोपमा लगाउन यसले बाधा अड्चन पारेको छ । टेक्ससका गभर्नर ग्रेग आबोटले बिजुली बचाउन अनुरोध गरेका छन ।

ओक्लोहमा शहरमा सन १८९९ देखि सर्वाधिक ठण्डा भएको छ भने तापक्रम ऋणात्मक(माइनस)मंगलबार बिहान नापिएको छ ।


२०७७-फाल्गुन-५ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो