हिमपात मा परेका नेपाली लाई एन आर एन टेक्सास च्पाटर वाट सहयोग गर्ने प्रतिवद्दता सार्वजनिक !!!



No photo description available.

टेक्सास , एन आर एन टेक्सास च्याप्टर को आज साँझ निस्केको विज्ञप्ति अनुसार टेक्सासमा हिमपात कारण समस्या मा पर्नु भएका नेपाली दाजु भाई भाई लाई परेको समस्या मा दुख मा मलम लगाऊन तत्पर रहेको भनि विज्ञप्ति सहित सहयोग को कार्यक्रम घोषणा गरेका छन ! च्याप्टर सभापति र सचिव ले संयुक्त रूप मा प्रकाशित विज्ञप्ति जस्ता को तस्तै प्रकाशित गरिएको छ !

हार्दिक अनुरोध ।

सम्पुर्ण टेक्सासबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु ।

नमस्कार ।

केहि दिन देखी परेको हिमपातका कारण यतिबेला टेक्सासको जनजिवन अस्तब्यस्त भएको छ । सबैभन्दा पहिला त यंहाहरु सम्पुर्ण सुरक्षित हुनुहोला भन्ने कामना गर्दछौं ।

भारी हिमपातका कारण टेक्सासका धेरै ठाउंमा हामै्र समुदायका सदस्यहरु पनि बिजुली गएको, ग्यांस चुलो गएको र अत्यन्तै चिसो मौषमा बसोबास र खानपीनकै समस्या भोग्नुपरेको खबर सुन्दा निकै दुखीत भएका छौं । हामी एनआरएनए अमेरिका र सिंगो टेक्सास च्याप्टर यंहाहरुको यस दुखको समयमा

पनि साथमा रहेको र सक्दो सहयोग गर्न तयार रहेको जानकारी गराउंन चाहान्छौ ।

यहि खराब मौषमलाई मध्यनजर गरि एनआरएन अमेरिकाको पहल र टेक्सास च्याप्टरको अगुवाईमा हामीले हाम्रै ड्यालासमा रहेको नेपाली मन्दिरको समिती एनसीएससीसंग सहकार्य गरेर तत्कालका लागि न्यानो स्थानमा बस्ने ब्यवस्था गरेको जानकारी गराउंदछौं । यंहाहरु कसैलाई पनि न्यानो स्थानको अभाव रहेको छ भने मन्दिरमा अस्थायी रुपमा न्यानो स्थानमा बस्ने र खाने ब्यवस्था रहेको जानकारी गराउंदछौं ।

साथै, एनआरएन टेक्सास च्याप्टरले त्यस बाहेकका यंहाहरुका समस्याहरु हेरेर सहयोग र समन्वय गर्न तयार रहेको जानकारी गराउंदै कुनै पनि समस्या रहेमा तत्काल च्याप्टर अध्यक्ष राजेश अर्याललाई फोन नम्बर ४६९५८३१४६८ मा र सचिव सोफिन थापालाई ५७१७८९७७६४ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

अध्यक्ष राजेश अर्याल

सोफिन थापा

सचिव

एनआरएन टेक्सास च्याप्टर


२०७७-फाल्गुन-५ गते प्रकाशित

लोकप्रिय

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद

      कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत

विशेष अपडेट


भिडियो